spot_img
Saturday, September 21, 2024
74.8 F
Washington DC.
spot_img

रास्वपाको लहरले ठूला दलहरूको विजोग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको मतले रैथाने ठूला दलहरूको विजोग भएको छ। काग्रेस तथा एमाले जस्ता ठूला तथा परम्परावादी दलहरु भारी मत अन्तरले पराजित हुने मत गणनाको बर्तमान अवस्थाले देखाएको छ।

तनहुँ–१ मा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रतिपक्षी एमालेलाई निकै पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतका साथ विजयी भएका छन् ।

तनहुं-१ नेपाली कांग्रेसको दर्हो पकड भएको निर्वाचन क्षेत्र हो। यसै क्षेत्रबाट बर्तमान राष्ट्रपती राम चन्द्र पौडेलले नेपाली काग्रेसको साख जोगाउदै आएका थिए। चार महिनाअघि भएको निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेलले फराकिलो अन्तरले जितेका थिए ।

पौडेल राष्ट्रपति निर्वाचित भएपछि आइतबार भएको उपनिर्वाचनमा भने कांग्रेसले पकड जोगाउन सकेन । उनी राष्ट्रपतीमा निर्वाचित भए पछि रिक्त हुन गएको स्थानमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको थियो ।उनी करिब १५ हजार बढी मतान्तरबाट पराजित भएका छन्।

काग्रेस तथा एमाले जस्ता ठूला तथा परम्परावादी दलहरु भारी मत अन्तरले पराजित हुने मत गणनाको बर्तमान अवस्थाले देखाएको छ। स्वर्णिम वाग्लेले ३४, ९१९ मत ल्याई बिजयी हुदा उनका प्रतिद्वन्दि नेपाली काग्रेसका गोविन्द भट्टराईले २०,१२२ मत तथा एमालेका सर्वेन्द्र खनालले ८,४८८ मत मात्र प्राप्त गरेका छन्।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा नेपाली काग्रेस र एमालेका प्रतिस्पर्धी उम्मेद्वारलाई निकै पछाडि छाडेका छन्। लामिछानेले काग्रेसका जितनारायण श्रेष्ठलाई ३५ हजार भन्दा बढी मतले पछि पारेका छन्।

मत गणनाको ताजा नतिजा अनुसार रास्वपाका रवि लामिछाने ४३,१०१ मत ल्याउदै भारी मतले अग्रपंक्ति मा छन् भने उनका प्रतिद्वन्दि नेपाली काग्रेसका जितनारायण श्रेष्ठ ७,९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपाने ७,७८७ मतमा खुम्चिएका छन्।

इच्छाकामनाको वडा नम्बर १ र २ मा एमालेका न्यौपानेले लामिछानेलाई थोरै मतान्तरले जितेका छन् भने गणना भएको अन्य वडामा लामिछानेले भारी मत अन्तरले जितेका छन्। लामिछानेले १७ वडामध्ये १५ वडामा अन्य उम्मेदवारले भन्दा बढी भोट ल्याएका छन्।

चितवन-२ मा ७८, २७७ मत खसेकोमा अहिलेसम्म ५६ हजार ५०७ मत गणना भइसकेको छ। गणना गर्न बाँकी भन्दा बढी मतान्तर भइसकेका कारण यहाँबाट लामिछानेको जित सुनिश्चित भइसकेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img