spot_img
Monday, May 20, 2024
60.2 F
Washington DC.
spot_img

१२ भाईले यसरी जिताए रविलाई

सम्बन्धित समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा नेपाली काग्रेस र एमालेका प्रतिस्पर्धी उम्मेद्वारलाई निकै पछाडि छाडेका छन्। लामिछानेले काग्रेसका जितनारायण श्रेष्ठलाई ३५ हजार भन्दा बढी मतले पछि पारेका छन्। गणना गर्न बाँकी भन्दा बढी मतान्तर भइसकेका कारण यहाँबाट लामिछानेको जित सुनिश्चित भइसकेको छ।

रविको जित सुनिश्चित

ताजा मत परिणाम अनुसार रवि लामिछानेले ७२ प्रतिशत मत प्राप्त गरेका छन् । अब कालिका नगरपालिकाको मत गणना सकिए लगत्तै लामिछाने विजयी भएको औपचारिक घोषणा हुनेछ । अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनमा रविले चितवन–२ बाट ५९ प्रतिशत मत ल्याएका थिए ।

मत गणनाको ताजा नतिजा अनुसार रास्वपाका रवि लामिछाने ४३,१०१ मत ल्याउदै भारी मतले अग्रपंक्तिमा छन् भने उनका प्रतिद्वन्दि नेपाली काग्रेसका जितनारायण श्रेष्ठ ७,९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपाने ७,७८७ मतमा खुम्चिएका छन्।

इच्छाकामनाको वडा नम्बर १ र २ मा एमालेका न्यौपानेले लामिछानेलाई थोरै मतान्तरले जितेका छन् भने गणना भएको अन्य वडामा लामिछानेले भारी मत अन्तरले जितेका छन्। लामिछानेले १७ वडामध्ये १५ वडामा अन्य उम्मेदवारले भन्दा बढी भोट ल्याएका छन्।

चितवन-२ मा ७८, २७७ मत खसेकोमा अहिलेसम्म ५६ हजार ५०७ मत गणना भइसकेको छ। गणना गर्न बाँकी भन्दा बढी मतान्तर भइसकेका कारण यहाँबाट लामिछानेको जित सुनिश्चित भइसकेको छ।

चितवन–२ मा तीन पालिका रहेको छ। इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । यतिबेला कालिका नगरपालिकाको मत गणना हुदैछ।

रविको प्रेस मिट : १२ भाईको उजागर

सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीको बैठकपछि रास्वपाको पत्रकार सम्मेलनमा सभापति लामिछानेले केही सञ्चारमाध्यमहरुले आफूलाई विनाप्रमाण खेदेको भन्दै आक्रोश पोखेका थिए । उनले भनेका थिए- ‘सम्पादकज्यूहरु, यदि देश चलाउने हो भने तपाईंहरु चुनाव लड्न आउनुस् । चितवनमा उपनिर्वाचन हुँदैछ । कैलाश सिरोहिया आउने हो कि, अमित ढकाल आउने हो कि रामेश्वर थापा आउने हो ? तर, तपाईंहरुले देश चलाउने होइन । इथिक्स तपाईंहरुलाई पनि लाग्छ । अदालतलाई प्रभाव पार्न एउटै कुरा ४-५ पटक निरन्तर तपाईंले लेख्नुभएको छ । कान्तिपुरमा जे लेख्यो, त्यसपछि अर्को भाइतिर सर्छ । त्यसपछि अर्का फाच्चफुच्चे भाइहरु पनि निस्केका छन् ।’

उनले विशेष पत्रकार सम्मेलन गर्दै भनेका थिए ,- ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए।

‘उनीहरुबीच मिटिङ भइसक्यो। मिलिसके। फौजदारी मुद्दामा फसाउन सकिन्छ भन्ने लागिसक्यो, ‘यति भनेपछि १२ भाइलाई पासपोर्टमा केन्द्रित हुन्छन्’, लामिछानेले आक्रोस पोखेका थिए ।

लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाल लगायतको नामै लिएर आलोचना गरेका थिए ।

उनले यी मिडिया हाउससँग जोडिएको भन्दै विभिन्न घटनाक्रमहरू पनि सार्वजनिक गरेका थिए।

प्रतिशोधात्मक गोजी पत्रकारिता

यस पश्चात रविका १२ भाई प्रतिशोध साध्न गोलबद्व हुदै उनीबिरुद्व निरन्तर पछि लाग्दै आएका थिए। तर, नेपाली जनता भने रवि कै पक्षमा उभिदै नेपाली राजनीतिलाई हाक्दै आएका रैथाने दलहरु र तिनले हुर्काएका १२ भाई मिडियाका मालिकहरुप्रति सामाजिक संजालमा बिष बमन गर्दै आएका थिए।

चितवनको निर्वाचन आउनु एक हप्ता देखि नै कान्तिपुर लगायतका मिडियाहरुले उनी विरुद्व अभियान नै चलाएका थिए। रवि लामिछानेलाई मुछेर ‘कान्तिपुर’ले लेखेका तीन वटा ‘मेन न्युज’ पढदा मिडियाको समाचार नभएर उनी विरुद्वको प्रतिशोधात्मक गोजी पत्रकारिता जस्तो लाग्दथ्यो।

कान्तिपुरले यस्तो छाप्यो

फोटो : माइ संसार

२०७९ चैत ३० गते कान्तिपुरको फ्रन्ट पेजको प्रमुख समाचार : रविको फास्ट ट्र्याक : ७ दिने बोलपत्र गरेर ठेक्काराष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई

२०८० वैशाख १ गते फ्रन्ट पेजको प्रमुख समाचार : नागरिकका वैयक्तिक विवरणबाट १ अर्ब कमिसन उठाउने प्रपञ्च

वैशाख ३ गतेको सम्पादकीय : नागरिकका विवरणमा ठेकेदारी, मूकदर्शक नबस अख्तियार

वैशाख ६ गते अर्को मेन न्युज : लामिछानेले कानुन मिचेर ‘फास्ट ट्य्राक’ मा लगाएको ठेक्का खारेज, अख्तियार पनि अनुसन्धान गर्दै : ठेक्का खारेजसँगै मन्त्रिपरिषद्ले बनायो छानबिन समिति

१२ भाईको निरन्तर खेदो
कान्तिपुरले रविका विरुद्व धारावाहिक समाचार छाप्न थालेपछि अरु अनलाइन मिडियाहरुले पनि त्यसैलाई पछ्याउदै लेख्न थाले।

१२ भाईकै कारण रविले पाए भारी मत

रविले चितवन २ बाट प्राप्त गरेको भारी मतका लागि मिडियाका १२ भाईहरु नै जिम्मेवार रहेको विश्लेषकहरु बताउछन। उनीहरुको तर्क छ यदि यी १२ भाईले रविलाई निरन्तर खेदो नखनेको भए रविको समर्थनमा जनसागर उर्लने थिएन र यसरी अत्याधिक मत प्राप्त गर्न सक्ने थिएनन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img