spot_img
Saturday, May 11, 2024
57.4 F
Washington DC.
spot_img

रैथाने ठूला दलहरूको लज्जास्पद हार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्याधिक मत ल्याई निर्वाचित हुदा रैथाने ठूला दलहरूले भने लज्जास्पद हार व्यहोर्नु परेको छ। लामो समय देखी देशको सत्ता एक किसिमले कब्जा गर्दै आएका काग्रेस , एमाले तथा माओबादी जस्ता ठूला तथा परम्परावादी दलहरु भारी मत अन्तरले पराजित हुनु यसको ज्वलन्त उदाहरण हो।

परम्पराबादी दलहरूको सत्ता लोलोपता
परम्पराबादी दलहरूले गुट र नातागोता हेरेर उम्मेदवारको टिकट बाँड्दै आएका थिए। त्योभन्दा धेरै त पैसावालालाई टिकट बिक्री गरिएका प्रसंग तिनै पार्टीका नेताहरूले छताछुल्ल हुने गरी बाहिर ल्याइदिएका थिए। यसै कारणले योग्यता र क्षमता भएका, जनतामा भिजेका नेता–कार्यकर्तालाई पाखा लगाइयो। निर्वाचन जित्नकै लागि आफ्नो दलको राजनीति सिद्धान्त र विचारबाट बिचलित हुदै आफ्ना त्यागी र कर्तव्यनिष्ठ नेता–कार्यकर्तालाई पाखा लगाउदै कृतिम गठबन्धन गरियो। सत्ता प्राप्तिकालागि गरिएका दलहरु बिचको अप्राकृतीक गठबन्धन र उम्मेदवार छनोटको विकृत बिचारका कारण त्यागी र क्षमता भएका दलका नेता कार्यकर्ता हरु निरास हुन पुगे र नतिजा उल्टो आउनु स्वभाविक नै थियो र भयो पॉनि ।

सामाजिक संजालमा ‘नो–नट–अगेन’ को अभियान
गत मंसिर ४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन पूर्व पुराना दलका शीर्षनेता विरुद्व ‘नो–नट–अगेन’ नामको अभियानलाई सामाजिक संजालमा तिब्रता दिइएको थियो ।

त्यस्तै निर्वाचनका दिन ‘मंसिर–४ : कुहिने र नकुहिने फोहोर छुट्याउने दिन’ भन्ने नारा सहितको डिजिटल अभियान को शुरुवात पनि गरिएको थियो । सामाजिक सञ्जालको ब्यापक प्रयोगलाई भजाउदै त्यस अभियानलाई व्यापकता दिइएको थियो। तर, त्यस अभियानलाई ठूला दल र नेताहरूले नजर अन्दाज गरे। आफ्नो शक्तिको प्रयोग गर्दै निर्वाचन आयोग र प्रहरीसमेतलाई अभियानमा लागेकाहरुलाई धरपकड गर्न दबाब समेत दिएका थिए ।

राजनीति सिद्धान्त र विचारबाट बिचलित हुदै गठबन्धन
स्थानीय निर्वाचनमै प्रमूख दलहरू गठबन्धन बनाएर गएका थिए। त्यस्तो अप्राकृतिक गठबन्धन बाट दलहरु भित्रकै नेता कार्यकर्ताहरुले बिरोध र प्रतिकार गरेका पनि हुन्। तथापी दलका नेताहरुले आफ्ना कार्यकर्ता लगायत मतदाताहरुको भावना बुझेनन् वा बुझ्न चाहेनन्। फलस्वरूप आफ्नो प्रभाव रहेको धेरै ठाउमा स्वतन्त्र उम्मेदवारबाट नराम्ररी पराजित हुनु पर्यो तर त्यसको कारणका बारेमा उनीहरुले खोजी गरेनन । यति हुदा हुदै मंसिर ४ को निर्वाचनमा सत्ताधारी दलहरूले झन् ठूलो गठबन्धन बनाएर निर्वाचनमा होमिए । विपक्षी दलहरूले पनि केही ठाउँमा मोर्चाबन्दी गरे।

आफ्नो दलको राजनीति सिद्धान्त र विचारबाट बिचलित हुदै गरिएको अप्राकृतिक गठबन्धनले भागबन्डा मिलाउँदा दलभित्र भएका क्षमतावान्, उर्जामान , जनतामा भिजेका र युवा नेतालाई पाखा लगाइयो । यहि अप्राकृतिक गठबन्धन र नेताहरुको सत्तामोह लाई भजाएर भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा बाजी मार्यो । रास्वपालेका उम्मेदवारले काठमाडौँ, ललितपुर, चितवनलगायतका प्रमूख सहरहरुमा परम्परावादी ठूला दलका पुराना नेताहरुलाई चोटिलो झापड दिदै तिमीहरु पुग्यो अब हामी देश बनाउछौ भन्दै पाखा लगाउन सफल भए । समानुपातिकमा समेत लोकप्रिय मत ल्याउन सफल भएको रास्वपा प्रतिनिधिसभामा चौथो ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भयो ।

यो पनि पढ्नु होस् -१२ भाईले यसरी जिताए रविलाई

तर, सत्ताको स्वाद लिदै आएका पुराना परम्परावादी दलहरूले जन चाहनाको कदर गर्न सकेनन । प्रतिनिधिसभा निर्वाचनमा आफूले विभिन्न स्वार्थवश टिकट दिएकाहरूले भारी मतले हार्दा समेत दलका नेतृत्वबर्गले त्यसलाई विश्लेषण गर्न चासो नै देखाएन ।

संयुक्त सरकार बनाउन चुनावी गठबन्धनको राजनीति र प्रचार प्रसार गरेका प्रमूख दलहरू चुनावको परिणाम पछि सरकार बनाउन मन्त्रीको कोटा बाडभाडमा लागे । गठबन्धनको नेकपा माओबादिले सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनु पर्ने आफ्नो अढान लियो भने नेपाली काग्रेसले आफुले नोछोडने अढान लिएकाले गठबन्धन तोडियो र नेकपा एमाले लगायतकासंग अप्रत्यासित रुपमा नया गठबन्धन बन्यो । चुनावी नतिजासँगै प्रतिपक्षमा बस्न तम्तयार भइसकेको दल एमाले रातारात प्रमुख सत्तारुढ दल भयो। निर्वाचनमा तेस्रोमा खुम्चिएको नेकपा माओबादिका नेताले नया समिकरणमा प्रधानमन्त्रीको सपथ लिए। उता सत्ता को स्वाद लिन पर्खेको पहिलो दल नेपाली काग्रेस भने प्रतिपक्षमा बस्न बाध्य भयो ।

चार महिना ‘म्यूजिकल चेयर’ को खेल

प्रधानमन्त्रीले विश्वाशको मत प्राप्त गरे पछि गठबन्धन भित्र राष्ट्रपती छान्ने बिषयमा अर्को विवाद शुरु भयो।

यहि विवादले एमाले लगायतका संगको गठबन्धन दुई महिना नबित्दै भत्कियो। अचानक नाटकिय ढङ्गमा सत्तारुढ बनेको दल एमाले प्रतिपक्षी बेञ्चमा बस्न बाध्य भयो भने प्रतिपक्ष बनेको नेपाली काग्रेस दुई महिनामा फेरि सत्तामा फर्कियो। त्यसपछि मन्त्रीको हेरफेर र नया गठबन्धन बिचमा बाडफ़ाड्ले चार महिना पछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पायो ।

यस अवधिमा आफुले जिताएका जनप्रतिनिधिहरुले सत्ताका लागि ‘म्यूजिकल चेयर’ को खेलमै बिताए। देशको बिग्रदो अर्थतन्त्र , महँगी, भ्रष्ट्राचार र अराजकताले नागरिकका आधारभूत अवास्यकता पूर्ति गर्ने तर्फ सरकारले आफ्नो उपस्थिति र जिम्मेवारी देखाउन असफल भयो । यसैबीच झनै महँगी, भ्रष्ट्राचार र अराजकताले जरो गाड्यो।

प्रमुख दलहरुप्रतिको वितृष्णा नै लज्जास्पद हार
निर्वाचन पछिको गतिविधिलाई केलाउने हो भने देशका प्रमूख दलहरुको सत्तामोह र जनताप्रति उनीहरुको गैर जिम्मेवारीपन छरपष्ट देखिन्छ। यसैको नतीजा यतिबेला यी दलहरुले पाएका छन्। चितवन २ र तनहु १ को उपनिर्वाचनको परिणामले हिजो भर्खरै जन्मेको एउटा सानो र कलिलो दलले पुराना दल र तिनका ह्याबिवेटहरुलाई भारी मत अन्तरले हराउन सफल भएको छ। लज्जास्पद हार व्यहोरेका परम्परावादी दलहरु र तिनका नेतृत्वले सत्ता मोहका खातिर पून आफ्नो दलको सिद्वान्त त्याग्दै अप्राकृतिक गठबन्धन गरेमा अर्को निर्वाचनमा दुलो भित्र लुक्न बाध्य हुनु पर्ने अवस्था नआउला भन्न सकिदैन।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img