spot_img
Sunday, April 28, 2024
56.3 F
Washington DC.
spot_img

ठूला दल र १२ भाईलाई सच्चिन उपनिर्वाचनको सन्देशः आफुलाई परिवर्तन गर!

सम्बन्धित समाचार

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्याधिक मत ल्याई निर्वाचित हुदा रैथाने ठूला दलहरूले भने लज्जास्पद हार व्यहोर्नु परेको छ भने चुनावको मुखमा धारावाहिक कथा बुन्दै रविको खेदो खन्दै आएका १२ भाईको समेत लज्जास्पद हार भएको छ। लामो समय देखी देशको सत्ता एक किसिमले कब्जा गर्दै आएका नेपाली काग्रेस, नेकपा एमाले तथा माओबादी केन्द्र जस्ता ठूला तथा परम्परावादी दलहरु भारी मतको अन्तरले पराजित हुनु यसको ज्वलन्त उदाहरण हो।

परम्पराबादी दलहरूको सत्ता लोलोपता
परम्पराबादी दलहरूले गुट र नातागोता हेरेर उम्मेदवारको टिकट बाँड्दै आएका थिए। त्योभन्दा धेरै त पैसावालालाई टिकट बिक्री गरिएका प्रसंग तिनै पार्टीका नेताहरूले छताछुल्ल हुने गरी बाहिर ल्याइदिएका थिए। यसै कारणले योग्यता र क्षमता भएका, जनतामा भिजेका नेता–कार्यकर्तालाई पाखा लगाइयो। निर्वाचन जित्नकै लागि आफ्नो दलको राजनीति सिद्धान्त र विचारबाट बिचलित हुदै आफ्ना त्यागी र कर्तव्यनिष्ठ नेता–कार्यकर्तालाई पाखा लगाउदै कृतिम गठबन्धन गरियो। सत्ता प्राप्तिकालागि गरिएका दलहरु बिचको अप्राकृतीक गठबन्धन र उम्मेदवार छनोटको विकृत बिचारका कारण त्यागी र क्षमता भएका दलका नेता कार्यकर्ता हरु निरास हुन पुगे र नतिजा उल्टो आउनु स्वभाविक नै थियो र भयो पनि ।

राजनीति सिद्धान्त र विचारबाट बिचलित हुदै गठबन्धन
स्थानीय निर्वाचनमै प्रमूख दलहरू गठबन्धन बनाएर गएका थिए। त्यस्तो अप्राकृतिक गठबन्धन बाट दलहरु भित्रकै नेता कार्यकर्ताहरुले बिरोध र प्रतिकार गरेका पनि हुन्। तथापी दलका नेताहरुले आफ्ना कार्यकर्ता लगायत मतदाताहरुको भावना बुझेनन् वा बुझ्न चाहेनन्। फलस्वरूप आफ्नो प्रभाव रहेको धेरै ठाउमा स्वतन्त्र उम्मेदवारबाट नराम्ररी पराजित हुनु पर्यो तर त्यसको कारणका बारेमा उनीहरुले खोजी गरेनन । यति हुदा हुदै मंसिर ४ को निर्वाचनमा सत्ताधारी दलहरूले झन् ठूलो गठबन्धन बनाएर निर्वाचनमा होमिए । विपक्षी दलहरूले पनि केही ठाउँमा मोर्चाबन्दी गरे।

आफ्नो दलको राजनीति सिद्धान्त र विचारबाट बिचलित हुदै गरिएको अप्राकृतिक गठबन्धनले भागबन्डा मिलाउँदा दलभित्र भएका क्षमतावान्, उर्जामान , जनतामा भिजेका र युवा नेतालाई पाखा लगाइयो । यहि अप्राकृतिक गठबन्धन र नेताहरुको सत्तामोह लाई भजाएर भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा बाजी मार्यो । रास्वपालेका उम्मेदवारले काठमाडौँ, ललितपुर, चितवनलगायतका प्रमूख सहरहरुमा परम्परावादी ठूला दलका पुराना नेताहरुलाई चोटिलो झापड दिदै तिमीहरु पुग्यो अब हामी देश बनाउछौ भन्दै पाखा लगाउन सफल भए । समानुपातिकमा समेत लोकप्रिय मत ल्याउन सफल भएको रास्वपा प्रतिनिधिसभामा चौथो ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भयो ।

सामाजिक संजालमा ‘नो–नट–अगेन’ को अभियान
यसअघि नै गत मंसिर ४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन पूर्व पुराना दलका शीर्षनेता विरुद्व ‘नो–नट–अगेन’ नामको अभियानलाई सामाजिक संजालमा तिब्रता दिइएको थियो ।त्यस्तै निर्वाचनका दिन ‘मंसिर–४ : कुहिने र नकुहिने फोहोर छुट्याउने दिन’ भन्ने नारा सहितको डिजिटल अभियान को शुरुवात पनि गरिएको थियो । सामाजिक सञ्जालको ब्यापक प्रयोगलाई भजाउदै त्यस अभियानलाई व्यापकता दिइएको थियो। तर, त्यस अभियानलाई ठूला दल र नेताहरूले नजर अन्दाज गरे। आफ्नो शक्तिको प्रयोग गर्दै निर्वाचन आयोग र प्रहरीसमेतलाई अभियानमा लागेकाहरुलाई धरपकड गर्न दबाब समेत दिएका थिए ।

तर, सत्ताको स्वाद लिदै आएका पुराना परम्परावादी दलहरूले जन चाहनाको कदर गर्न सकेनन । प्रतिनिधिसभा निर्वाचनमा आफूले विभिन्न स्वार्थवश टिकट दिएकाहरूले भारी मतले हार्दा समेत दलका नेतृत्वबर्गले त्यसलाई विश्लेषण गर्न चासो नै देखाएन ।

संयुक्त सरकार बनाउन चुनावी गठबन्धनको राजनीति र प्रचार प्रसार गरेका प्रमूख दलहरू चुनावको परिणाम पछि सरकार बनाउन मन्त्रीको कोटा बाडभाडमा लागे । गठबन्धनको नेकपा माओबादिले सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनु पर्ने आफ्नो अढान लियो भने नेपाली काग्रेसले आफुले नोछोडने अढान लिएकाले गठबन्धन तोडियो र नेकपा एमाले लगायतकासंग अप्रत्यासित रुपमा नया गठबन्धन बन्यो । चुनावी नतिजासँगै प्रतिपक्षमा बस्न तम्तयार भइसकेको दल एमाले रातारात प्रमुख सत्तारुढ दल भयो। निर्वाचनमा तेस्रोमा खुम्चिएको नेकपा माओबादिका नेताले नया समिकरणमा प्रधानमन्त्रीको सपथ लिए। उता सत्ताको स्वाद लिन पर्खेको पहिलो दल नेपाली काग्रेस भने प्रतिपक्षमा बस्न बाध्य भयो ।

चार महिना ‘म्यूजिकल चेयर’ को खेल

प्रधानमन्त्रीले विश्वाशको मत प्राप्त गरे पछि गठबन्धन भित्र राष्ट्रपती छान्ने बिषयमा अर्को विवाद शुरु भयो।

यहि विवादले एमाले लगायतका संगको गठबन्धन दुई महिना नबित्दै भत्कियो। अचानक नाटकिय ढङ्गमा सत्तारुढ बनेको दल एमाले प्रतिपक्षी बेञ्चमा बस्न बाध्य भयो भने प्रतिपक्ष बनेको नेपाली काग्रेस दुई महिनामा फेरि सत्तामा फर्कियो। त्यसपछि मन्त्रीको हेरफेर र नया गठबन्धन बिचमा बाडफ़ाड्ले चार महिना पछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पायो ।

यस अवधिमा आफुले जिताएका जनप्रतिनिधिहरुले सत्ताका लागि ‘म्यूजिकल चेयर’ को खेलमै बिताए। देशको बिग्रदो अर्थतन्त्र , महँगी, भ्रष्ट्राचार र अराजकताले नागरिकका आधारभूत अवास्यकता पूर्ति गर्ने तर्फ सरकारले आफ्नो उपस्थिति र जिम्मेवारी देखाउन असफल भयो । यसैबीच झनै महँगी, भ्रष्ट्राचार र अराजकताले जरो गाड्यो।

प्रमुख दलहरुप्रतिको वितृष्णा नै लज्जास्पद हार
निर्वाचन पछिको गतिविधिलाई केलाउने हो भने देशका प्रमूख दलहरुको सत्तामोह र जनताप्रति उनीहरुको गैर जिम्मेवारीपन छरपष्ट देखिन्छ। यसैको नतीजा यतिबेला यी दलहरुले पाएका छन्। चितवन २ र तनहु १ को उपनिर्वाचनको परिणामले हिजो भर्खरै जन्मेको एउटा सानो र कलिलो दलले पुराना दल र तिनका ह्याबिवेटहरुलाई भारी मत अन्तरले हराउन सफल भएको छ। लज्जास्पद हार व्यहोरेका परम्परावादी दलहरु र तिनका नेतृत्वले सत्ता मोहका खातिर पून आफ्नो दलको सिद्वान्त त्याग्दै अप्राकृतिक गठबन्धन गरेमा अर्को निर्वाचनमा दुलो भित्र लुक्न बाध्य हुनु पर्ने अवस्था नआउला भन्न सकिदैन।

प्रतिशोधात्मक गोजी पत्रकारिता

यस पश्चात रविका १२ भाई प्रतिशोध साध्न गोलबद्व हुदै उनीबिरुद्व निरन्तर पछि लाग्दै आएका थिए। तर, नेपाली जनता भने रवि कै पक्षमा उभिदै नेपाली राजनीतिलाई हाक्दै आएका रैथाने दलहरु र तिनले हुर्काएका १२ भाई मिडियाका मालिकहरुप्रति सामाजिक संजालमा बिष बमन गर्दै आएका थिए।

चितवनको निर्वाचन आउनु एक हप्ता देखि नै कान्तिपुर लगायतका मिडियाहरुले उनी विरुद्व अभियान नै चलाएका थिए। रवि लामिछानेलाई मुछेर ‘कान्तिपुर’ले लेखेका तीन वटा ‘मेन न्युज’ पढदा मिडियाको समाचार नभएर उनी विरुद्वको प्रतिशोधात्मक गोजी पत्रकारिता जस्तो लाग्दथ्यो।

कान्तिपुरले यस्तो छाप्यो

फोटो : माइ संसार 

२०७९ चैत ३० गते कान्तिपुरको फ्रन्ट पेजको प्रमुख समाचार : रविको फास्ट ट्र्याक : ७ दिने बोलपत्र गरेर ठेक्काराष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई

२०८० वैशाख १ गते फ्रन्ट पेजको प्रमुख समाचार : नागरिकका वैयक्तिक विवरणबाट १ अर्ब कमिसन उठाउने प्रपञ्च

वैशाख ३ गतेको सम्पादकीय : नागरिकका विवरणमा ठेकेदारी, मूकदर्शक नबस अख्तियार

वैशाख ६ गते अर्को मेन न्युज : लामिछानेले कानुन मिचेर ‘फास्ट ट्य्राक’ मा लगाएको ठेक्का खारेज, अख्तियार पनि अनुसन्धान गर्दै : ठेक्का खारेजसँगै मन्त्रिपरिषद्ले बनायो छानबिन समिति

१२ भाईको निरन्तर खेदो
कान्तिपुरले रविका विरुद्व धारावाहिक समाचार छाप्न थालेपछि अरु अनलाइन मिडियाहरुले पनि त्यसैलाई पछ्याउदै लेख्न थाले।

१२ भाईकै कारण रविले पाए भारी मत

रविले चितवन २ बाट प्राप्त गरेको भारी मतका लागि मिडियाका १२ भाईहरु नै जिम्मेवार रहेको विश्लेषकहरु बताउछन। उनीहरुको तर्क छ यदि यी १२ भाईले रविलाई निरन्तर खेदो नखनेको भए रविको समर्थनमा जनसागर उर्लने थिएन र यसरी अत्याधिक मत प्राप्त गर्न सक्ने थिएनन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img