spot_img
Thursday, November 21, 2024
39.4 F
Washington DC.
spot_img

अमेरिकामा दोश्रो पुस्ताले यसरी मनाए भाइटीका

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हिजो शनिवार अमेरिकामा हुर्के बढेका दोश्रो पुस्ताका नेपाली भाषीले भव्यरुपमा विधिपूर्वक भाइटीका पर्व मनाएका छन।

तिहारमा घर सजावटकालागि नेपाली परम्परा, संस्कृतिसँग जोड्ने सामाग्रीहरु लगायत सप्तरङ्गी वा पञ्चरङ्गी टीका थाली, मखमली फूल र सयपत्री र दूबोका माला, सेलरोटी र मिठाइका परिकार अनि दाजुभाइ र दिदिबैनीहरु बिच आदान प्रदान गरिने कोशेलीपातोहरुले भाइटिकाको प्रतिक्षा गरिरहेको थियो। 

घिमिरे परिवार , मेरिल्याण्ड

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन हिजो शनिवार अमेरिकामा भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाए ।

पौडेल परिवार, मकलिन, भर्जिनिया

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटिकामा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दछन। भाइटिकाको दिनलाई यमद्वितीया पनि भनिन्छ।

श्रेष्ठ परिवार , मेरिल्याण्ड

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

काफ्ले तथा साउद परिवार, न्यूजर्सी

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको थियो।

खनाल परिवार, क्यालिफोर्निया

भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ।

शर्मा परिवार , भर्जिनिया

पहिलो पुस्ताले भाइटीकाको परम्परा र बिधिहरु आफ्ना छोरा छोरीलाई सिकाइ बुझाइ टीका कार्यक्रम सम्पन्न गरेका थिए। भाइटीकामा लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका थिए।

दाहाल परिवार, भर्जिनिया

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img