Monday, May 19, 2025
76.3 F
Washington DC.

अफ्रिकी देश सोमालिया, इथियोपिया र केन्यामा ५ वर्ष मुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको चपेटामा : युनिसेफ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हर्न अफ अफ्रिका भनिने अफ्रिकी देशहरू: सोमालिया, इथियोपिया र केन्यामा ५ वर्ष मुनिका ७० लाखभन्दा बढी बालबालिकाहरू कुपोषित र तत्काल पोषण सहयोगको आवश्यकतामा रहेका र १९ लाख भन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट मर्ने जोखिममा भएको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ ।

यस क्षेत्रमा ४० वर्षको एउटा सबैभन्दा खराब खडेरीबाट बाहिर आए पनि कमजोर समुदायहरूले विगत तीन वर्षमा गाईवस्तु, बाली र सम्पूर्ण जीविकोपार्जन गुमाएको युनिसेफले जनाएको छ ।

“हर्न अफ अफ्रिकाको संकटका कारण बालबालिकाका लागि विनाशकारी भएको छ।” “विगत ३ वर्षमा, समुदायहरू बाँच्नको लागि चरम उपायहरू लिन बाध्य भएका छन्, लाखौं बालबालिका र परिवारहरूले खाना र पानीको खोजीमा निराशाका कारण आफ्नो घर छोडेका छन्। यस संकटले बालबालिकालाई बाल्यकालका अत्यावश्यक चीजहरू: पर्याप्त खाना , घर, सुरक्षित पानी र विद्यालय जान बाट वञ्चित गरेको छ ,” पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफ क्षेत्रीय निर्देशक मोहम्मद फलले भनेका छन्।

वर्षाले केही राहत ल्याएको छ भने, सुक्खा जमिनले ठूलो मात्रामा पानी सोस्न नसक्ने भएकाले थप विस्थापन, रोगको जोखिम, पशुधनको क्षति र बालीनालीमा क्षति पुग्ने भएकाले बाढी पनि आएको छ । सोमालियामा, वर्षाले बाढी निम्त्याएको छ जसले घरहरू, खेतबारी र सडकहरूलाई क्षति पुर्याएको छ, साथै गाईवस्तुहरू बगाएको छ र विद्यालय र स्वास्थ्य सुविधाहरू बन्द भएको छ।

युनिसेफको प्रारम्भिक अनुमानहरूले सोमालियामा नदीको बाढीले कम्तिमा ४६०, ४७० मानिसहरूलाई असर गरेको देखाउँछ, जसमध्ये लगभग २१९,००० मुख्यतया बाढी-प्रभावित क्षेत्रहरूमा आफ्नो घरबाट विस्थापित भएका छन्, र २२ जनाको मृत्यु भएको छ।

बाढीले इथियोपियाका धेरै क्षेत्रहरूमा व्यापक विनाश र विस्थापन पनि गरेको छ। बाढीले पहिल्यै खडेरीबाट अत्यधिक प्रभावित जनसंख्याको जोखिमलाई गहिरो बनाएको छ किनभने बाढी र खडेरीले अति प्रभावित क्षेत्रहरू ओभरल्याप भएका छन्। बाढीले हैजालगायत स्वास्थ्य जोखिमलाई पनि बढाएको छ। हालको हैजाको प्रकोप इथियोपियामा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा लामो प्रकोप भएको युनिसेफले जनाएको छ ।

“वर्षाले केही राहत र आशा ल्याएको छ, तर नयाँ खतराहरू पनि छन्, र रिकभरी रातारात हुँदैन,” फलले भनेका छन् । “परिवारहरूलाई वर्षौंको कठिनाइबाट मुक्त हुन “बाली र बथानहरू फेरि बढ्न समय लाग्ने भएकाले निरन्तर सहयोग अझै पनि महत्वपूर्ण रहेको” उनले बताएका छन् । ”

युनिसेफका अनुसार यस क्षेत्रभरि, इथियोपिया, केन्या र सोमालियामा २ करोड ३० लाख मानिसहरूले उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन्। यस वर्षको पहिलो त्रैमासिकमा उपचार खोज्ने गम्भीर कुपोषित बालबालिकाको सङ्ख्या गत वर्षको तुलनामा निकै बढी रहेको र केही समयसम्म उच्च रहने सम्भावना छ ।

हैजा, दादुरा, मलेरिया, र अन्य रोगहरू लगायतका प्रमुख प्रकोपहरू यस क्षेत्रभरि जारी छन्, चरम मौसम अवस्था र कमजोर स्वास्थ्य प्रणालीले बिग्रिएको छ। स्थानीय बजारहरूमा खाद्यान्नको मूल्य उच्च रहेकाले बालबालिका र परिवारलाई बोझ भएको छ । जलवायु संकटले परिस्थितिको गम्भीरतालाई थप गम्भिर बनाइरहेको छ जसका कारण कुपोषण र विस्थापनमा वृद्धि भएको छ ।

सन् २०२२ मा दाताहरूको सहयोगले तीन करोडभन्दा बढी बालबालिका र आमाहरूलाई कुपोषणको सिकार हुनबाट जोगाएउन रोकथामका लागि सेवाहरू प्रदान गर्न सक्षम बनाएको फलले भनेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img