Saturday, April 12, 2025
43.3 F
Washington DC.

सुपर टाइफुन मावार : अमेरिकी भूभाग गुआमतर्फ तीब्र तीव्र गतिमा फैलिदै, २० वर्षमा सबैभन्दा शक्तिशाली हुने अनुमान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सुपर टाइफुन मवार अमेरिकातर्फ बढ्दै तीव्र गतिमा फैलिएको छ। विनाशकारी आँधीबेरी, उच्च हावा , वर्षा र बाढीका साथ क्षेत्र गुआम २० वर्ष भन्दा बढीको सबैभन्दा शक्तिशाली हुन सक्ने मौसम अधिकारीहरूले अनुमान गरेका छन् । यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले कंक्रिटले नबनेका घरका बासिन्दाहरूलाई आकस्मिक आश्रयहरूमा सर्न निर्देशन दिएका छन्।

गुआमको राष्ट्रिय मौसम सेवा, साथै गुआमको उत्तर-उत्तरपूर्व करिब ४० माईल टाढा रहेको टापु रोटाले टाइफुनको चेतावनी जारी गरेको छ।

मौसम अधिकारीका अनुसार सुपर टाइफुन मावारको केन्द्र हाल गुआमको दक्षिण-दक्षिणपूर्वमा छ, उत्तर-उत्तरपश्चिम तर्फ सर्दैछ।

मंगलबार (अमेरिकी पूर्वी डेलाइट टाइम) मवार आँधी एक “सुपर टाइफुन” बन्यो, जसको मतलब यो कम्तिमा १५० माइल प्रति घण्टाको हावा हो। त्यो बलियो श्रेणी ४ आँधीको बराबर छ । यो गुआम नजिक भएकाले मावारले कम्तिमा श्रेणी ५ को शक्तिमा हिर्काउन सक्ने मौसम अधिकारीले अनुमान गरेका छन् ।

एक बिज्ञप्ति सन्देशमा गभर्नर लु लियोन गुरेरोले मानिसहरूलाई शान्त रहन र मावार आँधीका लागि तयार रहन आग्रह गरेका छन् ।

मौसम विभागका अनुसार टाइफुन मावर मे २४ को मध्याह्नतिर गुआमको दक्षिणी भागमा पुग्ने अनुमान गरिएको छ। खतरालाई ध्यानमा राख्दै गभर्नरले नेशनल गार्डलाई तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई बाहिर निकाल्न मद्दत गर्न आदेश दिएका छन्।

श्रेणी ३ आँधीको केन्द्र मंगलबार गुआमबाट १९५ माइल (३१३. ८ किलोमिटर) दक्षिणपूर्वमा थियो, मौसम विभागका अनुसार,यो आँधी ९ देखि १० माइल प्रतिघण्टामा उत्तरपश्चिममा सर्दैछ । मौसम अधिकारीहरूका अनुसार यो १४० माइल प्रति घण्टा (२२५ किलोमिटर) को गतिमा श्रेणी ४ आँधीको रूपमा ल्यान्डफल गर्ने अनुमान गरिएको थियो। हावा प्रति घण्टा १५० माइल पुग्न सक्ने गभर्नर गुरेरोले आफ्नो बिज्ञप्तिमा जनाएका छन् ।

बुधबार बिहानसम्म ८१ देखि ११० माइल प्रतिघण्टाको टाइफुन आँधीको सम्भावनाका साथै स्थानीय रूपमा बढी मात्रामा ८ देखि १५ इन्चसम्म वर्षा हुने सम्भावना रहेको गभर्नरको अफिसले जनाएको छ।

विनाशकारी आँधीलाई ध्यानमा राख्दै गभर्नरले गुआममा आज दिउँसो १:०० बजेदेखि लकडाउन लागू गर्ने आदेश जारी गरेका छन्। यसका साथै तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई साँझ ६ बजेसम्म घर छाड्न र उच्च स्थानमा सर्न अपिल गरिएको छ । आँधी आउनुअघि मानिसहरूले पानी, जेनेरेटर, खाद्यान्न र अत्यावश्यक सामग्रीको भण्डारण गरिरहेका छन्। काठ र टिनले बनेका घरहरू यथाशीघ्र खाली गर्न निर्देशन दिइएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img