Friday, March 6, 2026
62.1 F
Washington DC.

गुयनाको विद्यालयको छात्रावासमा आगलागी हुँदा २० छात्राको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गएराति छात्रावासमा आगलागी हुँदा गुयनाको महदिया माध्यमिक विद्यालयका २० छात्राको मृत्यु भएको गुयाना सरकारले एक विज्ञप्तिमा जनाएको छ। महिला छात्रावासमा राति ११ः४० बजे आगलागी भएको बताइएको छ ।

“महदिया माध्यमिक विद्यालयको छात्रावासमा भएको आगलागीको बारेमा हामी तपाईलाई हृदयविदारक अपडेट ल्याएकोमा धेरै दुःख व्यक्त गर्दछौ । त्यो आगोमा हामीले धेरै सुन्दर आत्माहरू गुमायौं। मृत्यु हुनेको संख्या हाल २० रहेको छ, जबकि अन्य धेरै घाइते भएका छन्, ” विज्ञप्तिमा भनिएको छ।

क्षेत्रीय स्वास्थ्य अधिकारीहरूलाई थप चिकित्सा आपूर्ति र मेडिभ्याकहरूको साथ सहयोग गर्न पाँचवटा विमानहरू महदियाको लागि उडान भइसकेको सरकारले बिज्ञप्तिमा जनाएको छ। सात बच्चाहरू जर्जटाउनमा मेडिभ्याक हुन तयार छन्।

विज्ञप्ति भनिएको छ ” प्रधानमन्त्रीले मन्त्रिपरिषद् र अन्य अधिकारीहरूको टोलीको नेतृत्व मढियामा गरिरहेका छन् जबकि मन्त्री बेन पहिले नै घटनास्थलमा पुगेका छन्। राष्ट्रपति र अन्य अधिकारीहरूले गम्भीर बिरामीहरूको खोजी र उपचार गर्न तथा उद्वार कार्यको आपतकालीन योजना समन्वय गर्न ओग्लेको प्रयासलाई समर्थन गरिरहेका छन्। एक पूर्ण स्केल चिकित्सा आपतकालीन कार्य योजना सुरु गरिएको छ। हामी हाम्रो प्रार्थना यी बच्चाहरु, उनीहरुको परिवार र समुदायहरु संग जारी रहेको अनुरोध गर्दछौं।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img