spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण, धेरै भवनहरुमा क्षति

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसको राजधानी मस्कोमा मंगलबार बिहान ड्रोन आक्रमण भएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी राजधानी मस्कोमा ड्रोन आक्रमण भएको जानकारी दिएका छन् ।

मेयर सर्गेई सोब्यानिनले टेलिग्राममा पोस्ट गर्दै भनेका छन् – आक्रमणले धेरै भवनहरूमा सामान्य क्षति पुर्‍यायो, तर कोही पनि गम्भीर घाइते भएका छैनन् । तर, सोब्यानिनले ड्रोन हमलाको बारेमा थप बिबरण दिएका छैनन्।

मेयरले आक्रमणमा क्षतिग्रस्त दुई भवनका बासिन्दाहरूलाई खाली गरिएको र शहरका सबै आपतकालीन सेवाहरू घटनास्थलमा रहेको बताएका छन् । रुसको आरआईए राज्य समाचार एजेन्सीले सहरको दक्षिणी भागमा रहेको मस्कोको एउटा भवनमा रहेका केही मानिसलाई बाहिर निकालिएको जनाएको छ ।

उही समयमा, मस्कोका गभर्नर आन्द्रेई वोरोब्योभले टेलिग्राम च्यानलमा भनेका छन् कि मस्को जाने बाटोमा धेरै ड्रोनहरू खसालेको छ। ड्रोन कसले ल्याएको हो भन्ने अझै खुल्न सकेको छैन । धेरै रूसी टेलिग्राम सन्देश च्यानलहरूले रिपोर्ट गरे अनुसार मस्कोको बाहिरी भागमा चार देखि १० वटा ड्रोनहरू खसालिएको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img