spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

युनिसेफद्वारा अफगान बालबालिकालाई शिक्षा प्रदान गर्ने एनजीओहरूमा तालिवानको प्रतिबन्धप्रति चिन्ता व्यक्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युनिसेफद्वारा अफगान बालबालिकालाई शिक्षा प्रदान गर्ने एनजीओहरूमा तालिवानको प्रतिबन्धप्रति चिन्ता व्यक्त

युनिसेफले हाल विद्यालय बाहिर रहेका अफगान बालबालिकालाई शिक्षा प्रदान गर्ने अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (एनजीओ) मा तालिबान सरकारले लगाएको कथित प्रतिबन्धप्रति बिहीबार,चिन्ता व्यक्त गरेको छ। यो प्रतिबन्धले लगभग आधा मिलियन केटा र केटीहरूको शिक्षा जोखिममा पार्ने युनिसेफले जनाएको छ ।

राष्ट्रसंघीय निकाय युनिसेफले शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न विदेशी संस्थाहरूका अधिकारीहरूले विरोध गरेको रिपोर्टका सम्बन्धमा सक्रिय रूपमा थप जानकारी खोजिरहेको बताएको छ।

झण्डै दुई वर्षअघि सत्ता ग्रहण गरेदेखि तालिबानले केटीहरू र महिलाहरूलाई माध्यमिक विद्यालय र विश्वविद्यालयहरूमा जान प्रतिबन्ध लगाएको छ।

युनिसेफले एक विज्ञप्ति जारी गर्दै यस प्रतिबन्धका सम्भावित नतिजाहरूबारे गहिरो चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अनुमती नपाएमा एक महिनाभित्र सामुदायिक शिक्षा मार्फत तीन लाखभन्दा बढी बालिकासहित ५ लाखभन्दा बढी बालबालिकाले गुणस्तरीय शिक्षामा पहुँच गुमाउन सक्ने बताएको छ ।

युनिसेफले रिपोर्ट गरिएको तालिवानको निर्देशन बुझ्नले प्रयास गरेको र यसका लागि आफ्नो प्रतिबद्धतालाई जोड दिएको छ। उता, तालिबान नेताहरूले यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक भनाई राखेका छैनन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img