Monday, May 19, 2025
76.3 F
Washington DC.

नक्कली भुटानी शरणार्थी प्रकरण: १६ जनालाई पुर्पक्षका लागि थुनामा , दुईजना धरौटीमा रिहा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जिल्ला अदालत काठमाडौंले असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतले अभियुक्त टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई रु पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो। पुर्पक्षमा जेल चलान भएकाहरू  मुद्दाको किनारा नलाग्दासम्म कारागारमै मुद्दा लड्ने छन्।

उक्त मुद्दामा आजै जिल्ला सरकारी वकिलले जवाफी बहस गरेका थिए। उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकीलको कार्यालयले गत जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।  त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस शुरु भएको थियो। तीन दिन सरकारी वकील र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकीलहरुले बहस गरेका थिए। उक्त प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा छन् भने १२ जना फरार छन्।

नक्कली शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो। उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दावीसहित मुद्दा दर्ता गरिएको थियो। साथै सार्वजनकि ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय माग गरिएको छ। उनीहरुविरुद्ध कैदका साथै रु २८ करोड ८१ लाख विगोसमेतको माग गरिएको छ। यो काण्डमा एक सय १३ जनाले साढे २७ करोड रुपैयाँ ठगी भएको भनी प्रहरीमा २२ वटा जाहेरी दिएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img