spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीनको कूटनीतिक भ्रमणमा – दुई विश्व शक्तिबीच बढ्दो तनाव कम गर्ने प्रयास

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीनको कूटनीतिक भ्रमणका लागि आइतबार बिहान बेइजिङ पुगेका छन्। दुई विश्व शक्तिबीच बढ्दो तनाव कम गर्ने प्रयासमा उनको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्ने ब्लिन्केन पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन्। उनी पाँच वर्षमा बेइजिङ भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री हुन्।

फेब्रुअरीमा, ब्लिन्केनले अमेरिकी एयरस्पेसमा कथित चिनियाँ जासूस बेलुन देखेपछि चीनको यात्रा रद्द गरेका थिए ।

ब्लिन्केनले आइतबार दिउँसो वरिष्ठ चिनियाँ अधिकारीहरूसँग वार्ता गरेर आफ्नो दुईदिने भ्रमणको औपचारिक सुरुवात गर्नेछन्।

स्टेट डिपार्टमेन्टका अनुसार बेइजिङमा रहँदा विदेशमन्त्री ब्लिन्केनले चिनियाँ वरिष्ठ अधिकारीहरूसँग भेट गर्नेछन् जहाँ उनले अमेरिका -चीन सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थित गर्न सञ्चारको माध्यमहरु खुला राख्न महत्त्वबारे छलफल गर्नेछन्। उनले द्विपक्षीय चासोका मुद्दाहरू, विश्वव्यापी र क्षेत्रीय मामिलाहरू र साझा अन्तर्राष्ट्रिय चुनौतीहरूमा सम्भावित सहयोगका बिषयहरु पनि उठाउनेछन्।

यस उच्च स्तरीय भ्रमणका दौरान दुई ठूला अर्थतन्त्रहरू बीचको जटिल मुद्दाहरूमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ। हालैका वर्षहरूमा अमेरिका र चीनबीचको सम्बन्धमा तिक्तता आएकोले छलफलको निस्कर्ष कस्तो हुने हो भन्ने सर्वत्र चासो रहेको छ ।

विश्वव्यापी सुरक्षा र स्थायित्वका लागि प्रभाव पार्ने विभिन्न मुद्दाहरूमा असहमति भएका कारण दुई देशहरूबीच तिक्तता र दोषारोपण तीव्र रूपमा बढेको छ। ब्लिन्केनले आइतबार चिनियाँ विदेशमन्त्री छिङ गोङसँग भेट गरेका थिए। अमेरिकी अधिकारीका अनुसार उनले सोमबार चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यी र राष्ट्रपति सी जिनपिङसँग भेट्ने सम्भावना छ। चीन र अमेरिकाबीचको पछिल्लो तनावको सबैभन्दा ठूलो कारण ताइवान हो, जसलाई चीनले आफ्नो हिस्सा मान्छ र अमेरिकाले त्यसलाई कडा बिरोध गर्छ।

गत वर्ष अमेरिकी संसदकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीनलाई आक्रोशित बनाएको थियो। चीनले यसको कडा विरोध मात्र गरेन , अमेरिकालाई धम्की समेत दियो । केही महिनाअघि ताइवानका राष्ट्रपति साइ इङ–वेनले अमेरिका भ्रमण गर्दा चीनले पनि त्यसको कडा विरोध गरेको थियो। पछिल्ला महिनाहरूमा चीन र ताइवानबीच पटकपटक युद्धजस्तै अवस्था सिर्जना भएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img