Monday, May 19, 2025
76.3 F
Washington DC.

६५ यात्रु बोकेको फिलिपिन्सको डुंगामा आगलागी, हताहत नभएको कोस्ट गार्डको भनाई

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य फिलिपिन्सको बोहोल प्रान्तमा आइतबार बिहान ६५ जना सवार एउटा डुंगामा आगलागी भएको फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ ।

पीसीजीका प्रवक्ता अरमान्डो बालिलोले स्थानीय समय अनुसार बिहान ४:३० बजे पाङ्गलाओ टापुको ‘एम/एस्पेरान्जा स्टार’ मा आगलागी भएको बताएका छन् ।

पीसीजीका प्रवक्ताका अनुसार एम/एस्पेरान्जा स्टार मा ६५ यात्रु र ५५ चालक दलका सदस्यहरु सहित १२० जना बोकेको फेरी डुंगा मध्य फिलिपिन्सको सिक्विजोर प्रान्तबाट बोहोल जाँदै गर्दा बिहानै आगो लागेको थियो।

उक्त दुर्घटनामा कुनै हताहत नभएको अधिकारीहरुले संचार माध्यमलाई बताएका छन् । पीसीजीले आगलागीको कारण खोजिरहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img