Friday, March 6, 2026
51.9 F
Washington DC.

६५ यात्रु बोकेको फिलिपिन्सको डुंगामा आगलागी, हताहत नभएको कोस्ट गार्डको भनाई

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य फिलिपिन्सको बोहोल प्रान्तमा आइतबार बिहान ६५ जना सवार एउटा डुंगामा आगलागी भएको फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ ।

पीसीजीका प्रवक्ता अरमान्डो बालिलोले स्थानीय समय अनुसार बिहान ४:३० बजे पाङ्गलाओ टापुको ‘एम/एस्पेरान्जा स्टार’ मा आगलागी भएको बताएका छन् ।

पीसीजीका प्रवक्ताका अनुसार एम/एस्पेरान्जा स्टार मा ६५ यात्रु र ५५ चालक दलका सदस्यहरु सहित १२० जना बोकेको फेरी डुंगा मध्य फिलिपिन्सको सिक्विजोर प्रान्तबाट बोहोल जाँदै गर्दा बिहानै आगो लागेको थियो।

उक्त दुर्घटनामा कुनै हताहत नभएको अधिकारीहरुले संचार माध्यमलाई बताएका छन् । पीसीजीले आगलागीको कारण खोजिरहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img