spot_img
Monday, May 13, 2024
74.2 F
Washington DC.
spot_img

भोलिदेखि काठमाडौं महानगरपालिकाभित्र भारतीय चलचित्र प्रदर्शनमा निषेध- मेयर बालेनको निर्णयको सर्वत्र स्वागत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भोलिदेखि काठमाडौं महानगरपालिकाभित्रका सिनेमा हलमा कुनै पनि भारतीय चलचित्र नलाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले भारतीय चलचित्र आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको जनाएको छ।

महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, “भारतीय चलचित्र आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ।”

मेयर बालेनले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि आदिपुरुषबाट उक्त आपत्तिजनक अंश हटाउन लगाउन आग्रह गर्दा पनि नहटेको बताएका छन्।

बालेनले आदिपुरुषबाट उक्त आपत्तिजनक अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।

मेयर बालेनको फेसबुक पोस्ट :

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।

मेयर बालेनको यस निर्णयको सर्वत्र स्वागत भएको छ। उनको निर्णयलाई स्वागत गर्दै फेसबुक पोस्टमा एकलाख तीन हजार भन्दा बढीले लाईक्स गरेका छन्।

फेसबुकका एक प्रयोगकर्ताले बालेनको निर्णयको स्वागत गर्दै लेखेका छन् – “नेपाल कहिल्यै गुलाम नभएको स्वतन्त्र देश हो भन्ने थाहा पाउनुपर्छ तिनले पनि ! यो स्वतन्त्रता कृपामा होइन, विश्वकै ठूलो शक्तिसँग लडेर कायम भएको हो !यसको सम्मान र रक्षा हाम्रो कर्तव्य हो ! गो अहेड !”

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img