Sunday, May 18, 2025
70.1 F
Washington DC.

मोबाइल फोन धेरै चलाउनु हुन्छ? तपाईलाई नोमोफोबिया त भएको छैन ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आजभोली मोबाइल फोन मानिसको आवश्यकता बनेको छ । मोबाइल फोन मार्फत कुनै पनि काम घरमै बसेर होस् वा घर बाहिर सजिलै गर्न सकिन्छ । तर यदि कुनै चीजको अत्यधिक प्रयोग भयो भने यसले तपाईलाई समस्या निम्त्याउन सक्छ। मोबाइलको कुरा पनि त्यस्तै हो । आवश्यकताभन्दा बढी मोबाइल प्रयोग गर्ने बानी नोमोफोबियाको कारण बन्न सक्छ। आउनुहोस् नोमोफोबिया, यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूका बारेमा चर्चा गरौ ।

नोमोफोबिया भनेको के हो?
जब मानिसलाई मोबाइल फोनको लत लाग्छ, त्यसलाई मेडिकल भाषामा नोमोफोबिया भनिन्छ । यो शब्द ‘नो मोबाइल फोबिया’ बाट बनेको हो। अर्थात साथमा मोबाइल नहुदा/नचल्दाको छटपटी। यसमा मानिसलाई एक प्रकारको फोबिया हुन्छ कि उसले आफ्नो मोबाइल आफुबाट टाढा नहोस् भन्ने चाहान्छ । नोमोफोबियाको अवस्थामा व्यक्ति मोबाइल बिना बाँच्न सक्दैन। यसप्रकार नोमोफोबियाले मानिसको मस्तिष्कलाई असर गर्छ।

नोमोफोबियामा यस्ता लक्षण देखिन्छन्:

  • मोबाइल फोन बारम्बार हेर्नु।
  • मोबाइललाई केही समयको लागि पनि टाढा राख्न नाचाहानु।
  • मोबाइलमा केही समस्या छ भने आत्तिनु, निराश हुनु ।
  • बारम्बार कल, सन्देश वा सूचनाहरू जाँच गर्नु।
  • इन्टरनेटले काम नगरेकोमा चिन्ता गर्नु, छटपटी लाग्नु।
  • मोबाइल स्वीच अफ गर्न मन नापराउनु।
  • मोबाइल चलाउन नपाउदा थर थर काम्नु , पसिना आउनु , श्वास बढ्नु।

स्वास्थ्यमा मानोमोफोबियाको असर
नोमोफोबिया एक मानसिक रोग हो वा होइन, यो अहिलेसम्म प्रमाणित भएको छैन, तर यसले मस्तिष्कलाई अवश्य असर गर्छ। जसका कारण शरीरमा मेलाटोनिनको मात्रा घट्छ र राती सुत्न समस्या हुन्छ । यसबाहेक, नोमोफोबियाले मानिसमा एन्जायटी निम्त्याउछ साथै आँखालाई पनि असर गर्छ। यसका कारण आँखामा पानी आउने समस्या हुन सक्छ, जसले दृष्टि सिन्ड्रोमको रूप लिन सक्छ।

नोमोफोबियाबाट कसरी बच्ने?

  • मोबाइल प्रयोगको लागि समय सीमा तोक्नुहोस् र सोही अनुसार मोबाइल प्रयोग गर्नुहोस्।
  • आफ्नो फोनमा उपयोगी एपहरू मात्र राख्नुहोस्।
  • मोबाइलमा आउने नोटिफ़िकेसन बन्द गर्नु होस् , यसबाट फोन बारम्बार जाँच गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ।
  • मोबाइलको प्रयोगलाई कमि गर्न घुम्न जाने, बाहिरी खेल खेल्ने, किताब पढ्ने जस्ता केही फलदायी काम गर्ने प्रयास गर्नुहोस्।
  • मोबाइलमा समय बिताउनुको सट्टा आफ्ना साथीहरू, नजिकका व्यक्तिहरू र परिवारका सदस्यहरूसँग समय बिताउनुहोस्।
  • राती सुत्ने समयमा मोबाइल म्युट वा बन्द गर्नु होस्।

(यो सामाग्री सचेतनाकालागि हो , कुनै पनि उपाय अपनाउनु अघि डाक्टरसँग परामर्श लिनुपर्छ। )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img