spot_img
Thursday, May 9, 2024
71.9 F
Washington DC.
spot_img

जेलेन्स्कीले टर्कीबाट कमाण्डरहरूलाई फिर्ता बोलाए; सम्झौता तोडेको मस्कोको आरोप

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुस–युक्रेनबीचको युद्ध भएको एक वर्षभन्दा बढी भइसकेको छ तर युद्ध रोकिने सम्भावना देखिएको छैन । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की टर्कीको भ्रमणबाट फर्किएका छन्। उनले ग्यारिसनका पाँच पूर्व कमाण्डर पनि साथमा लिएर फर्केका का छन् । यसैमा रुसले गत वर्ष कैदी आदानप्रदान सम्झौताको सर्त उल्लङ्घन गरेको आरोप लगाएको छ ।

आदानप्रदान सम्झौता अन्तर्गत छुटेका सैनिकहरूलाई अंकारा, टर्कीमा राख्ने सहमति गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन् । उनले आपत्ति जनाए र भने कि ‘सम्झौता अनुसार मस्कोलाई यस कदमको बारेमा जानकारी गराउनु पर्ने थियो, जबकि टर्कीले जानकारी गराएन।’

युक्रेनमा नायकको रूपमा सम्मानित यी पाँच कमाण्डरहरूले गत वर्ष मारिउपोलको दक्षिणी बन्दरगाहको रक्षाको नेतृत्व गरेका थिए। युक्रेनको सबैभन्दा ठूलो सहर मारिउपोललाई रुसले आफ्नो कब्जामा लिएको छ । रुसी सेनाले तीन महिनाको घेराबन्दीमा सहरलाई ध्वस्त पारेको थियो। मारियुपोल भित्र हजारौं सर्वसाधारण मारिएका छन्।

युद्धको ५०० औं दिनको अवसरमा जेलेन्स्कीले स्नेक टापुहरूको पनि भ्रमण गरेका छन् । कालो सागर क्षेत्र जुन रूसी सेनाले कब्जा गरेको थियो र पछि युक्रेनले फिर्ता लिन सफल भएको थियो। अर्कोतर्फ, जेलेन्स्कीले शनिबार एक मिनेटको भिडियो पोस्ट गरेका छन्। उक्त भिडियो फ़ुटेजमा उनी र अन्य अधिकारीहरू सँगै चेक प्लेनमा चढ्नु अघि मुस्कुराउँदै गरेको देखिन्छ। हात मिलाएर कमाण्डरलाई अँगालो हालेको पनि देखियो ।

यसअघि शुक्रबार इस्तानबुलमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गरेपछि जेलेन्स्कीले ‘हामी हाम्रा नायकहरूसँग घर फर्कदैछौँ ; भनेका थिए । उनले युक्रेनी सैनिक डेनिस प्रोकोपेन्को, श्व्यात्स्लाभ पाल्मार, सेर्ही भोलिन्स्की, ओलेह ख्रोमेन्को र डेनिस स्लेहा आफ्ना आफन्तसँग फर्किने बताए ।

किभले गत बर्ष मे महिनामा युक्रेनी डिफेन्डरहरूलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो जो स्टिल प्लान्ट मुनि सुरुङ र बंकरहरूमा हप्ताहरूदेखि लुकेका थिए। रुसले गत सेप्टेम्बरमा अंकाराले मध्यस्थता गरेको बन्दी आदानप्रदानमा उनीहरूमध्ये केहीलाई युद्धको अन्त्य नभएसम्म ती कमाण्डरहरूलाई टर्कीमा राख्नु पर्ने सर्तमा रिहा गरेको थियो। यस्तो अवस्थामा रुसले युक्रेनका सैनिकलाई स्वदेश फिर्ता पठाउने कुरा बुझ्न सकेको छैन । यद्यपि, जेलेन्स्कीले कमाण्डरहरूलाई किन घर फर्कन अनुमति दिइयो भन्ने बारे कुनै स्पष्टीकरण दिएका छैनन । उता, टर्कीबाट पनि कुनै टिप्पणी आएको छैन।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img