Sunday, May 18, 2025
73.4 F
Washington DC.

फ्रान्सका डिफेन्डर लुकास हर्नान्डेज म्युनिखबाट पेरिस सेन्ट-जर्मेनमा स्थान्तरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फ्रान्सेली डिफेन्डर लुकास हर्नान्डेज बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सन् २०२८ सम्मका लागि स्थान्तरण भएको पेरिस सेन्ट जर्मेनले आइतबार पुष्टि गरेको छ। २७ बर्षीय लुकासले बायर्न म्युनिखसंग चार सफल वर्ष बिताए पछि हाई-प्रोफाइल स्थानान्तरण मार्फत पीएसजीमा सामेल भएको जनाइएको छ ।

एफसी बायर्न म्युनिखमा आफ्नो चार वर्षमा डिफेन्डर लुकास हर्नान्डेजले १०७ प्रतिस्पर्धात्मक उपस्थिति जनाउदै दुई गोल गरेका थिए। म्युनिख क्लबबाट उनले च्याम्पियन्स लिग, यूईएफए सुपर कप, फिफा क्लब विश्वकप, चार जर्मन च्याम्पियनशिप, एक पटक डीएफबी कप र दुई पटक जर्मन सुपरकप जितेका थिए।

बायर्न म्युनिखका सीईओ जान-क्रिश्चियन ड्रेसेनले लुकास हर्नान्डेजप्रति कृतज्ञता व्यक्त गर्दै उनको अटल समर्पण र अदम्य भावनाको चर्चा गर्दै उनलाई आगामी सफलताको शुभकामना दिएका छन् ।

लुकासको स्थानान्तरण शुल्कको खुलासा गरिएको छैन तर फ्रान्सेली मिडियाले रिपोर्ट गरे अनुसार लुकासले पेरिस सेन्ट-जर्मेनमा सर्दा बायर्न म्युनिखले €४० मिलियन युरो ($४३. ८७ डलर) लगायत लुकासलाई अतिरिक्त रकम (एड-अन ) प्राप्त गर्नेछ।

लुकास सुरुमा एट्लेटिको म्याड्रिडबाट ८० मिलियन यूरोको अचम्मको शुल्कमा २०१९ मा बायर्नमा सामेल भएका थिए , यसबाट उनी जर्मन रेकर्ड च्याम्पियन्सको सबैभन्दा महँगो खेलाडी बनेका थिए । यद्यपि, क्लबमा उनको कार्यकाल लामो समयको चोटहरूको कारणले प्रभावित हुन पुगेको थियो जसले उनलाई टोलीमा निरन्तर खेल्न रोकेको थियो। कतार २०२२ को विश्वकपमा अस्ट्रेलियाविरुद्ध फ्रान्सको उद्घाटन खेलमा आफ्नो एसीएल च्यातिए पछि २०२२ को विश्वकपबाट बाहिरिएका थिए ।

बायर्न म्युनिखले उपयुक्त प्रतिस्थापनको रूपमा नापोली डिफेन्डर किम मिन जेलाई लिने योजना गरेको बताइएको छ। आधिकारिक घोषणा हुन बाँकी रहे पनि स्थान्तरणको टुंगो लागेको स्रोतले जनाएको छ । नेपोलीको भर्खरैको सिरी ए विजयमा निर्णायक भूमिका खेलेका किम हाल इटालियन क्लबमा जुन २०२५ सम्म अनुबन्धित छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img