Friday, March 6, 2026
53.4 F
Washington DC.

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सबै ६ जनाको मृत्यु, नामावली सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

माउन्टेन फ्लाइटका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित लामजुरानजिक दुर्घटनाग्रस्त हुँदा सबै ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

माउन्टेन फ्लाइटका लागि ५ मेक्सिकन नागरिक चढेको हेलिकप्टर क्याप्टेन चेतबहादुर गुरुङले उडाएका थिए । माउन्टेन फ्लाइट सकेर फर्किँदै गर्दा  हेलिकप्टर दुर्घटनामा परेको हो । मनाङ एयरको ‘फ्लाइट सेफ्टी’का प्रमुख समेत रहेका क्याप्टेन गुरुङ एक अनुभवी पायलट मानिन्छन।  उनले सन् १९९७ देखि मनाङ एयरको विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानमा क्याप्टेन गुरुङका अलावा ५ मेक्सिकन नागरिक: सिफुन्तेस जी फर्नान्डो, सिफुन्तेस जी मारिया होसे, रिन्कोन स्माइल, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिक छन् ।

दुर्घटनास्थलमा शवलाई लिन गएको अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर खराब मौसमका कारण पुग्न नसकेर सोलुखुम्बुकै भकञ्जेमा रोकिएको छ ।  नागरिक उड्डयन प्राधिकरणका अनुसार स्थानिय प्रहरीको सहयोगमा शवलाई गाडीमा हालेर भकञ्जेसम्म ल्याउने र त्यस पछि  अल्टिच्युट एयरको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img