Friday, March 6, 2026
51.9 F
Washington DC.

भर्जिनियाका एक दम्पतीलाई स्टोरमा धेरै वर्षसम्म जबरजस्ती श्रम गराएको, अबैधरुपमा आश्रय (हार्बरिङ) दिएको तथा ठगी गरेको अभियोग

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भर्जिनियाको रिचमण्डमा रहेको संघीय ग्रैंड जूरीले भर्जिनियाका एक दम्पतीलाई उत्तर चेस्टरफील्ड, भर्जिनियास्थित ग्यास स्टेसन र सुविधा स्टोरमा जबरजस्ती श्रम गराएको , आर्थिक लाभका लागि अबैधरुपमा आश्रय (हार्बरिङ) दिएको र ठगी-सम्बन्धित आरोपहरू – बैंक करप्सि मनी लण्डरिङ्ग गरेको आरोप सहितको सात-गणना अभियोग दर्ता गरेको अमेरिकी न्याय विभागले बुधबार एक बिज्ञप्ती मार्फत जनाएको छ।

हार्बरिङमा आश्रय वा अन्य सहायता (आर्थिक, खाना, आदि) उपलब्ध गराउने समावेश छ। हार्बरिङमा विदेशीहरूलाई गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गर्न प्रोत्साहित गर्दा वा उचित कानूनी प्रक्रिया बिना सीमा पार गर्न विदेशीहरूलाई उत्प्रेरित गर्ने वा मनाउने समावेश छ।

अदालतको कागजात अनुसार मार्च २०१८ र मे २०२१ को बीचमा ३० वर्षीय हरमनप्रीत सिंह र ४२ वर्षीय कुलबीर कौरले पीडितलाई सिंहको स्टोरमा श्रम र सेवा उपलब्ध गराउन बाध्य पारेका थिए।

अदालतको कागजात अनुसार पीडितलाई सिंहको स्टोरमा क्यासियरको रूपमा काम गर्ने, खाना तयार गर्ने, सरसफाइ गर्ने र स्टोरको अभिलेख व्यवस्थापन गर्नेलगायतका काम र सेवाहरू उपलब्ध गराउन बाध्य पारिएको थियो। अभियोगमा आरोप लगाइएको छ कि प्रतिवादीहरूले पीडितको अध्यागमन कागजातहरू जफत गर्ने र पीडितलाई शारीरिक दुव्र्यवहार, बल र अन्य गम्भीर हानि गर्ने र अपमानजनक जीवनयापन , न्यूनतम पारिश्रमिकमा लामो समय काम गर्न बाध्य पार्ने जस्ता विभिन्न जबरजस्तीका कार्यहरु गरेको आरोप छ। अभियोगमा थप आरोप लगाइएको छ कि प्रतिवादीहरूले पीडितको भिसा समाप्त भएपछि आर्थिक लाभको लागि आश्रय दिएका थिए ।

भर्जिनियाको पूर्वी जिल्लाका लागि अमेरिकी अधिवक्ताको कार्यालयबाट बुधबार जारी भएको विज्ञप्तिमा भनेको छ : ,”प्रतिवादीहरूले कथित रूपमा पीडितको अध्यागमन कागजातहरू जफत गरेर उनलाई नर्थ चेस्टरफिल्डमा रहेको स्टोरमा शारीरिक दुर्व्यवहार, धम्की र अपमानजनक जीवनयापनको अधीनमा राखे।”

अधिकारीहरुले पीडितको नाम नखुलेपनि उनी हरमनप्रीत सिंहको नातेदार भएको बताइएको छ ।

जबर्जस्ती श्रममा अधिकतम २० वर्षको जेल सजाय, २५ लाख अमेरिकी डलरसम्मको जरिवाना र अनिवार्य क्षतिपूर्तिको व्यवस्था छ। संघीय जिल्ला अदालतले अमेरिकी दिशानिर्देश र अन्य वैधानिक कारकहरू विचार गरेपछि सजाय निर्धारण गर्नेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img