spot_img
Tuesday, September 24, 2024
65 F
Washington DC.
spot_img

अनेसासमा ‘भानुजयन्तीदेखि भानुजयन्ती’ सम्म 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) ले आफ्ना च्याप्टरहरूलाई च्याप्टर विशेष कार्यक्रमद्वारा केन्द्रसँग निरन्तर जोडने काम गर्दै आएको छ । अनेसास उत्तर अमेरिका क्षेत्रमा पर्ने २२ च्याप्टरहरू मध्येका सक्रिय १७-१८ च्याप्टरहरूसँग विगत ३ वर्षदेखि नियमित रूपमा हरेक महिनाको अन्तिम आईतवार गरिदै आएको विशेष कार्यक्रमलाई निरन्तरतादिदै २६औ शृंखलामा हालै  सम्पन्न गरेको छ। ‘भानुजयन्तीदेखि भानुजयन्ती’ भन्ने मूल नाराका साथआयोजित यसपटकको कार्यक्रममा अनेसास केन्द्र तथा बीओटीका पदाधिकारिहरू एवम् सल्लाहकारको उपस्थितिमा यस क्षेत्रका विभिन्नच्याप्टरहरूका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिहरू सहभागी भएर गहन विचार विमर्श र सल्लाहहरू राखिएको थियो।

 कार्यक्रममा कोलोराडो शाखा अध्यक्ष – राजु सिटौला, न्यूयोर्क शाखा अध्यक्ष – राजन महर्जन, ह्युस्टन शाखा अध्यक्ष – सतीश त्रिपाठी,डालस शाखा अध्यक्ष – निर्मला राई,डिसी मेट्रो शाखा – उपाध्यक्ष-कविन्द्र सिटौला, क्यानाडा शाखा अध्यक्ष – तारा उप्रेती, न्यूहामशायर शाखा अध्यक्ष – हरिमाया अधिकारी, लसएन्जलस शाखा अध्यक्ष – डन कार्की, उत्तर क्यालिफ़ोर्निया शाखा अध्यक्ष – गीता बजागाईं, जोर्जिया शाखा अध्यक्ष – मीरा कोइरालालगायतको  सहभागिता र गहन विचारहरु एवम् कार्ययोजनाहरू प्रस्तुत भएका  थिए भने जानकारी सहित उपस्थित हुन असमर्थ शाखाहरू क्यांसास शाखा, बोस्टन शाखा, अस्टिन शाखा, मेरीलैण्ड शाखा थिए।   उपेक्षक शाखाहरु मिजौरी, शिकागो, फ़्लोरिडा तथा ओहायो रहेका थिए।

कार्यक्रम संयोजकद्वारा यस छलफल कार्यक्रमको उद्देश्य सहित स्वागत गरेर शुरू गरिएको उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष – गोवर्द्धन पूजाद्वारा केन्द्रको नीति एवम् वार्षिक कार्ययोजनाको विस्तृत जानकारी राखिएको थियो। बीओटी सभापति पदम बिश्वकर्माद्वारा ट्रस्टीज़को अपडेट सहित केही सुझाव राखिएको थियो। केन्द्रका महासचिव विमला निरौलाद्वारा सबैलाई धन्यवाद दिइएको थियो।

 बीओटी सल्लाहकार रोहिणी शर्मा, केन्द्रका कोषाध्यक्ष निजानन्द मल्ल, कार्यसमिति सदस्य तारा अधिकारी, ट्रस्टीज़ सल्लाहकार- तीर्थराज अधिकारीको, अनेसास पूर्व अध्यक्ष मोहन सिटौला, डेनमार्क शाखा महासचिव पूर्ण बस्नेत, लालगोपालसुवेदी, प्रदीप पाण्डे, नेत्रवन्धु पोखरेल आदि सबैले मन्तव्य एवम् आ-आफ्ना विचार र सुझावहरु राखेका थिए।अनेसास केन्द्रीय उपाध्यक्ष एवम् उत्तर अमेरिका क्षेत्रिय संयोजक, राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन अनेसास केन्द्रीय सदस्य तथा उत्तर अमेरिका क्षेत्रीय समितिका सदस्य सचिव शकुन ज्ञवालीले गरेकी थिइन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img