spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

अमेरिकाको सिएटलमा सामाजिक कार्यक्रमका क्रममा गोली चल्दा पाँच जना घाइते, दुईको अवस्था गम्भीर

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको सिएटलमा एक कार्यक्रमका क्रममा दर्जनौं राउण्ड गोली चलेको छ । घटनामा ५ जना घाइते भएका छन् जसमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । गोली चलाउनुको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सिएटल प्रहरीले यो घटना शुक्रबार राति ९ बजे भएको बताएको छ। सिएटलको रेनिएल एभिन्यू साउथमा रहेको पार्किङ स्थलमा दर्जनौं राउण्ड गोली चलाइएको प्रहरीले बताएको छ ।

पार्किङस्थलमा सामुदायिक कार्यक्रम आयोजना गरीएको थियो। उक्त कार्यक्रमा आवस्यकता परेकालाई खाना, लत्ताकपडा, खेलौना आदि वितरण गरिएको प्रहरीले जनाएको छ । यसै क्रममा मानिसहरुमाथि गोली प्रहार भएको थियो । आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गोली प्रहारमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनाको खोजी गरिरहेको छ । सिएटलका प्रहरी प्रमुख एड्रियन डियाजले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् । घाइते चारजनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा भर्ना गरिएको छ भने एक घाइतेको घटनास्थलमै उपचार भइरहेको छ ।

सिएटलका प्रहरी प्रमुख डियाजले दर्जनौं राउण्ड फायर गरिएको बताएका छन् । उनले सिएटलमा गोली चलाउने घटनामा कमी आएको तर अझै पनि यस्ता समस्या रहेको एक प्रेस सम्मेलनमा बताए । सिएटलका मेयर ब्रुस ह्यारेलले स्थितिलाई नियन्त्रणमा लिएकोमा प्रहरीको प्रशंसा गर्दै गोली प्रहार को घटना दुःखद भएको बताए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img