Friday, April 11, 2025
46.4 F
Washington DC.

प्रहरीलाई नै प्रांकः ११ वर्षीया बालिका अपहरणको झूटो रिपोर्ट गरेको आरोपमा पक्राउ, युट्युब च्यालेन्जबाट प्रेरित भएको भनाई

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पोर्ट ओरेन्ज, फ्लोरिडाकी एक ११ वर्षीया बालिकालाई आफ्नो साथीको अपहरणको झूटो रिपोर्ट गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ। बालिकाले प्रहरीलाई ९११ मा फोन गर्दै आफ्नो १४ वर्षीय साथीलाई ओक हिलको दक्षिणमा आई-९५ मा सेतो भ्यान चलाउने एक हतियारधारी व्यक्तिले अपहरण गरेको बताएकी थिईन।

उनको सूचनाका आधारमा प्रहरी सतर्क भएको र धेरै डेपुटीहरू र प्रहरी एकाइहरू सहितको टोली तुरून्त खोजी कार्यमा सक्रिय भएको थियो, तर सूचना अनुसारको कुनै भ्यान प्रहरीले फेला पार्न सकेन ।

घटना बिहान ९:४५ मा भएको थियो जब सेरिफको सञ्चार केन्द्रले शंकास्पद टेक्स्ट म्यासेज प्राप्त गर्यो। अर्को डेढ घण्टामा, ति बालिकाले कथित अपहरणकर्ताको वर्णन गर्दै उ संग हतियार भएको बताउँदै प्रहरीलाई सूचना अद्यावधिक गरिन्। अनुसन्धानकाक्रममा प्रहरी अधिकारीहरूले गलत सूचनाको लागि प्रयोग गरिएको सेल फोन ट्र्याक गर्न सफल भए।

बिहान १०ः२३ बजे पोपी लेन स्थित निवासमा आइपुगेपछि प्रहरीले बालिकालाई आफ्नो परिवारसँग सुरक्षित भेट्टाए। उनले आफु युट्युब च्यालेन्जबाट प्रेरित भएको र यो रमाइलोकालागि गरेको बताईन।

यस प्रकरणमा सेरिफ माइक चिटवुडले आफ्नो गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्ता मजाकहरूले खतरा निम्त्याउने र वास्तविक आपतकालिनहरूको लागि मूल्यवान साधन र स्रोतहरू बर्बाद गर्ने बताए।

परिणामस्वरूप, ११ वर्षीया, अभा रोज लान्गनले ९११ को दुरुपयोग गरेकाले दुराचारको आरोप सहित अपहरणमा बन्दुकको प्रयोग भएको झूटा पुलिस रिपोर्ट गरेबापत एक अपराधीक आरोपको सामना गर्नु परेको प्रहरीले बताएको छ।

भोलुसिया क्षेत्रीय जुभेनाइल डिटेन्सन सेन्टरमा स्थानान्तरण गर्नु अघि अभालाई प्रक्रियाको लागि पारिवारिक स्रोत केन्द्रमा लगिएको थियो।

शेरिफले अभिभावकहरूलाई आफ्ना बालबालिकाको सामाजिक सञ्जाल र इन्टरनेट गतिविधिहरू नजिकबाट निगरानी गर्न सचेत गराए । आफ्ना बच्चाहरूलाई अनलाइन खतराहरूबाट जोगाउन अभिभावकहरूलाई सहयोग गर्न भोलुसिया शेरिफको कार्यालयले सोमबारदेखि सुरु हुने धेरै सामुदायिक फोरमहरू आयोजना गर्ने भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img