Saturday, May 17, 2025
86.8 F
Washington DC.

संघीय न्यायाधीशद्वारा सिएनएन विरुद्ध ट्रम्पको $ ४७५ मिलियन मानहानि मुद्दा खारेज

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको एक संघीय न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको $ ४७५ मिलियनको मानहानि मुद्दा खारेज गर्दै सिएनएनको पक्षमा फैसला गरेका छन्। अमेरिकी जिल्ला न्यायाधीश राग सिंघलले सीएनएनले “द बिग लाइ” लाई गरेको अन-एयर सन्दर्भलाई “तथ्यपरक बयानको सट्टा विचारको मामिला” मानिएको आफ्नो फैसलामा जनाएका छन् ।

सीएनएनको “द बिग लाइ” प्रकरणमा ट्रम्पले निर्वाचन निस्पक्ष नभएको र मत चोरिएको भन्ने आरोप उपर उनको आधारहीन दावी र नेटवर्कको सन्दर्भले उनी र एडोल्फ हिटलरको बीचमा झूटो र भडकाउने समानता रहेको भन्ने तर्कको वरिपरि केन्द्रित थियो। यद्यपि, फ्लोरिडा अदालतको निर्णयले निष्कर्ष निकाल्दै यी सन्दर्भहरू ‘अभिव्यक्ति स्वतन्त्रताको अधिकार अन्तर्गत संरक्षित भएको र विचार व्यक्त गर्ने दायरा भित्र परेको’ भन्दै सिएनएनको पक्षमा फैसला गरेको हो ।

यस उच्च-प्रोफाइल मुद्दाको खारेजीबाट सिएनएन र यसको कानूनी टोलीको लागि महत्त्वपूर्ण विजयको रूपमा हेरिएको छ , किनकि सिएनएन पूर्व राष्ट्रपतिसँग कथित रूपमा आफ्नो प्रतिष्ठालाई हानि पुर्‍याउने विवादास्पद कानुनी लडाईमा फसेको थियो। विशेष गरी सार्वजनिक व्यक्तित्वहरू समावेस भएको सन्दर्भमा न्यायाधीशको यो फैसलाले मिडिया रिपोर्टिङमा तथ्य र राय बीचको भिन्नताको महत्त्वलाई स्पष्ट गरेको छ।

डोनाल्ड ट्रम्पको कानूनी टोलीले कथित मानहानिको लागि $ ४७५ मिलियनको पर्याप्त क्षतिपूर्ति मागेको थियो, तर अदालतको फैसलाले अब यो प्रकरणको अन्त्य गरेको छ।

यस फैसला र नजिरले सार्वजनिक व्यक्तित्व र विवादास्पद राजनीतिक मुद्दाहरूसँग सम्बन्धित समाचार सामाग्री र प्रस्तुतीहरूलाई भविष्यमा यस्तै प्रकारका मुद्दाहरूमा प्रभाव पार्न सक्छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img