Tuesday, May 20, 2025
64.9 F
Washington DC.

पाकिस्तानमा आत्मघाती बम विस्फोट: ३५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एक अशान्त जनजातीय जिल्लामा आयोजित राजनीतिक र्‍यालीमा आइतबार एक भयानक बम विस्फोट भएको छ। कट्टरपन्थी इस्लामिक राजनीतिक दलको बैठकलाई लक्षित गरी आक्रमण भएको थियो । यस क्रममा कम्तिमा ३५ जनाको ज्यान गएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । बाजौर आदिवासी जिल्लाको राजधानी खारमा जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआई) को कार्यकर्ता सम्मेलनको क्रममा विस्फोट भएको थियो।

जेयूआईका प्रमुख मौलाना फजलुर रहमानले प्रधानमन्त्री शहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग घटनाको छानबिन गर्न माग गरेका छन्। उनले पार्टी कार्यकर्तालाई अस्पताल पुगेर रक्तदान गर्न अपिल समेत गरेका छन् । फजलले जेयूआई कार्यकर्ताहरूले शान्ति कायम राख्न आग्रह गरेका छन् । साथै उनले सङ्घीय र प्रदेश सरकारले घाइतेको उचित उपचारको व्यवस्था गर्न अपिल गरेका छन् ।

मुख्यमन्त्री आजम खानले विस्फोटको निन्दा गर्दै जिल्ला प्रशासनसँग प्रतिवेदन मागेका छन् । जेयूआईएफको केन्द्रीय सदस्य खैबर पख्तुनख्वाका गभर्नर हाजी गुलाम अलीले मृत्यु हुनेको संख्या पुष्टि गरेका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रारम्भिक रिपोर्टमा यो आत्मघाती विस्फोट भएको अनुमान गरिएको छ । सुरक्षा बलले क्षेत्रलाई घेराबन्दी गरेको छ । जेयूआईएफका नेता हाफिज हमदुल्लाहले विस्फोटको कडा निन्दा गर्दै यो जिहाद नभएर आतंकवाद भएको र मानवतामाथिको आक्रमण भएको प्रतिक्रिया दिएका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img