Tuesday, May 20, 2025
59.7 F
Washington DC.

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ट्रुडो बिच सम्बन्धविच्छेद

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ट्रुडोको सम्बन्धविच्छेद भएको छ । विवाहको १८ वर्षपछि दुवैले अलग हुने निर्णय गरेका छन् । बुधबार दुवैले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीको कार्यालयले दुवैले कानुनीरूपमा सम्बन्धविच्छेद सम्झौतामा हस्ताक्षर गरेको पनि जनाएको छ । जस्टिन र उनकी श्रीमती सोफीका १५, १४ र ९ वर्षका तीन सन्तान छन् ।

क्यानडामा प्रधानमन्त्री पदमा रहँदा श्रीमतीबाट अलग हुने ट्रुडो दोस्रो प्रधानमन्त्री हुन् । उनीभन्दा अघि उनका बुबा र पूर्व प्रधानमन्त्री पियरे ट्रुडो सन् १९७९ मा आफ्नी श्रीमती मार्गरेटसँग छुट्टिएका थिए र सन् १९८४ मा दुवैको सम्बन्धविच्छेद भएको थियो ।

जस्टिन र सोफीको विवाह मे २००५ मा भएको थियो । जस्टिन ट्रुडोले सार्वजनिक रूपमा परिवारको महत्त्वको बारेमा धेरै पटक बोलेका छन्।

सन् २०२० मा आफ्नो विवाहको वार्षिकोत्सवमा ट्रुडोले आफ्नी श्रीमती उनको सबैभन्दा ठूलो सपोर्ट सिस्टम, असल साथी र उत्कृष्ट पार्टनर भएको बताएका थिए । बुधबार डिभोर्सको घोषणा गर्दै जस्टिनले भने–हामीले निकै कठिन र महत्वपूर्ण छलफलपछि यो निर्णय गरेका हौँ ।

ट्रुडोको कार्यालयले विज्ञप्ति जारी गर्दै छुट्टिएपछि दुवैको ध्यान सन्तान हुर्काउनमा केन्द्रित हुने जनाएको छ । रोयटर्सका अनुसार सम्बन्धविच्छेदपछि दुवैले सन्तानको संयुक्त हिरासतमा रहनेछन्। सोफी आधिकारिक रूपमा ओटावामा बस्न सर्नेछिन्। तर, बालबालिकाको हेरचाहका कारण उनको अधिकांश समय प्रधानमन्त्री निवासमै बित्नेछ।

जस्टिन पियरे जेम्स ट्रुडो एक क्यानाडाली राजनीतिज्ञ र पूर्व शिक्षक हुन् जो नोभेम्बर २०१५ मा क्यानाडाको २३ औं प्रधानमन्त्री भए। उनी सन् २०१३ को अप्रिलदेखि लिबरल पार्टीको नेताको रूपमा समेत सक्रिय छन। क्यानडाको इतिहासमा जो क्लार्कपछि ट्रुडो दोस्रो कान्छो प्रधानमन्त्री हुन्। उनका पिता पियरे ट्रुडो क्यानडाका प्रधानमन्त्री पनि थिए । पियरे र जस्टिन क्यानडाको प्रधानमन्त्री हुने पहिलो बावु छोरा हुन् । जस्टिन ट्रुडोले सन् २००५ मा सोफी ग्रिगोरीसँग विवाह गरेका थिए ।

जस्टिनले म्याकगिल विश्वविद्यालयबाट १९९४ मा साहित्यमा स्नातक गरे। त्यसपछि १९९८ मा, ब्रिटिश कोलम्बिया विश्वविद्यालय बाट स्नातक डिग्री प्राप्त गरे। उनले भ्यानकुभरको माध्यमिक विद्यालय तहमा फ्रेन्च, मानविकी, गणित र नाटक पढाए। सन २००६ मा ट्रूडो युवा नवीकरणमा लिबरल पार्टीको टास्क फोर्सको अध्यक्ष नियुक्त भएका थिए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img