spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

अब चीनमा बालबालिकाले २ घण्टा मात्र मोबाइल पाउने, सेप्टेम्वर २ सम्म सुझाव दिन आग्रह

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बालबालिकामा बढ्दो मोबाइलको लतले पुरै विश्व त्रसित छ । अब चीनको इन्टरनेट अनुगमन निकायले बालबालिकालाई लामो समयसम्म स्मार्टफोनको प्रयोगमा रोक लगाउने नियम बनाएको छ । साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले बुधबार आफ्नो साइटमा यस सम्बन्धमा मस्यौदा दिशानिर्देशहरू प्रकाशित गरेको छ। संस्थाको यो कदमले सामाजिक सञ्जाल प्लेटफर्म र अनलाइन गेम सञ्चालन गर्ने जस्ता कम्पनीहरूलाई स्तब्ध बनाएको छ।

मस्यौदा अनुसार नाबालिगले राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइलमा इन्टरनेट सेवा प्रयोग गर्न नपाउने र १६ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीले दिनमा दुई घण्टा मात्र इन्टरनेट चलाउन पाउनेछन् । यस अनुसार ८ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिनमा एक घण्टा मात्र स्मार्टफोन प्रयोग गर्न दिइनेछ । आठ वर्ष मुनिका बालबालिकालाई ४० मिनेट मात्र समय दिइनेछ।

नाबालिगहरूको शारीरिक र मानसिक विकासको लागि उपयुक्त ठानेका एप्स र प्लेटफर्महरू जस्ता केही सेवाहरूलाई मात्र छुट दिइनेछ। तर, कुन कुन इन्टरनेट सेवामा छुट दिइने भन्ने कुरा भने खुलाइएको छैन ।

सिएसीले सेप्टेम्बर २ सम्म मस्यौदा दिशानिर्देशहरूमा आफ्नो सुझाव दिन आग्रह गरेको छ। तर, नयाँ नियम कहिलेदेखि लागू हुने भन्नेबारे भने स्पष्ट पारिएको छैन ।

मोवाइलको अत्याधिक प्रयोगले विश्व नै त्रसित छ । बच्चाहरू मोबाइलमा घण्टौंसम्म गेम खेल्छन् र भिडियो बनाउँछन्। यस विषयमा धेरै विज्ञहरुले प्रश्न उठाएका छन् । यस कारण बालबालिकाको प्रयोगमा प्रतिबन्ध लगाउन माग भइरहेको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img