Friday, March 6, 2026
53.4 F
Washington DC.

सन् २०२० को चुनावी नतिजा उल्ट्याएको आरोपमा डोनाल्ड ट्रम्प वासिङ्टनको संघीय अदालतमा पुगे, आफू निर्दोष भएको बयान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टनको संघीय अदालतमा बयान दिन बिहिवार हाजिर पुगेका छन् । ट्रम्प २०२० को चुनावी नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोपमा अदालतमा उपस्थित भएका हुन ।

अदालतमा ट्रम्पले मजिस्ट्रेट न्यायाधीश मोक्सिला उपाध्यायको समक्ष सबै आरोपहरूमा आफु दोषी नभएको बयान दिएका छन। यस मामिलामा ट्रम्पको अर्को सुनुवाई अगस्ट २८ मा हुने र उक्त दिन पुन उपस्थित हुन अदालतले आदेश दिएको छ।

अदालतमा बयान दिए पश्चात आफ्नो बेडमिन्स्टर, न्यु जर्सी, गोल्फ क्लबमा फर्कन आफ्नो विमानमा चढ्नु अघि पत्रकारहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने, यो अभियोग “राजनीतिक प्रतिद्वन्द्वीको उत्पीडन हो। यस्तो अमेरिकामा कहिले पनि भएको थिएन।”

जनवरी ६ मा संसद भवनमा भएको हिंसामा ट्रम्पमाथि ४ वटा आरोप लगाइएको छ । जसमा देशलाई धोका दिने, सरकारी काममा बाधा पुर्‍याउने षड्यन्त्र र जनताको अधिकार हनन गर्ने षड्यन्त्र गर्ने जस्ता अभियोगहरू परेका छन् ।

न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ४५ पृष्ठको आरोपपत्र दायर गरेका हुन। ट्रम्पमाथि लगाइएका आरोपमध्ये २ वटामा जेल जाने प्रावधान पनि छ ।

देशलाई धोका दिने षड्यन्त्र गरेको आरोपमा ट्रम्पलाई २० वर्षसम्मको जेल र नागरिक अधिकारमाथि आक्रमण गर्ने षड्यन्त्र गरेकोमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img