Friday, March 6, 2026
51.9 F
Washington DC.

चट्याङ मास्टरलाई वासुदेव लुइँटेल पुरस्कारबाट सम्मानित गरिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हास्य व्यङ्ग्य क्षेत्रका धरोहर वासुदेव लुइँटेलको नाममा स्थापित ‘वासुदेव लुइँटेल पुरस्कार’ यसपटक ‘चट्याङ मास्टर’ नामले चिनिएका कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको वासुदेव— विद्यादेव गुठीका अध्यक्ष प्रा. डा. सुष्मा आचार्यले जनाउनु भएको छ।

‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले हास्य व्यङग्यकार ‘चट्याङ मास्टर’ लाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

वि.सं. २०५० सालमा स्थापित वासुदेव— विद्यादेव गुठीले हास्य व्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत र जनमानसमा प्रसिद्धि कमाएका प्रतिभाहरू मध्येबाट एक छनौट गरी ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गर्दै आएको छ । गुठीले यो पुरस्कार भदौ २३ गते प्रदान गर्नेछ । उक्त दिन एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

वासुदेव लुइँटेलका भीमसेनपाती, भूतको भिनाजु, नैकापे काका, छ्‌याकन, भूत छैन लगायतका एक दर्जन कृति प्रकाशित छन् । वासुदेव लुइँटेलको ९० वर्षको उमेरमा निधन भएको थियो । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img