Wednesday, June 10, 2026
72.7 F
Washington DC.

पाकिस्तानः पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ, ३ बर्षको जेल सजाय

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता इमरान खानलाई अदालतले आफ्नो कार्यकालमा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेपछि उनको लाहोरस्थित निवासबाट पक्राउ गरिएको छ ।

इस्लामावादको जिल्ला अदालतले उनलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाए पश्चात प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । उनलाई आगामी पाँच वर्षसम्म कुनै पनि राजनीतिक पदमा बस्न पनि प्रतिबन्ध लगाएको छ।

खानसँग फैसलाविरुद्ध अपील गर्ने विकल्प छ।

उनी अन्तिम पटक मेमा पक्राउ परेका थिए।उनका समर्थकहरूको विगतका कार्यहरूलाई विचार गर्दा उनको यस गिरफ्तारीले तनाव बढाउने सम्भावना देखिएको विश्लेषकहरू बताउछन।

खानको पार्टी, पाकिस्तानी तहरीक-ए-इन्साफ (पीटीआई) ले मुद्दाको निष्पक्षतामा चिन्ता व्यक्त गर्दै साक्षीहरूलाई गवाही दिन पर्याप्त अवसर नदिएको र उनीहरूकालागि कानुनी टोलीसँग तर्क प्रस्तुत गर्न सीमित समय थिइएको आरोप लगाएको छ।

उता, सूचना मन्त्री मरियम औरंगजेबले उचित प्रक्रियाको बचाउ गर्दै यो गिरफ्तारी आगामी चुनावसँग सम्बन्धित नभएको दाबी गरेका छन।

पूर्व प्रम खानले विद्रोह र हत्या लगायत १०० भन्दा बढी केसहरूमा धेरै आरोपहरूको सामना गरिरहेका छन्। नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले खान र एक रियल इस्टेट टाइकुनको करोडौं डलरको सम्पत्ति सम्झौताको पनि अनुसन्धान गरिरहेको छ।

यो गिरफ्तारी अर्को चुनाव अघि आएको छ, र धेरै प्रमुख नेताहरूले पहिले नै उनको दल पिटिआई परित्याग गरिसकेका छन् । खान बिनाको पिटिआई दल अपुरो हुने भएकाले उनको दल यतिबेला संकटमा परेको छ।

गिरफ्तारीको प्रतिक्रियामा, पीटीआईका महासचिव उमर अयुब खानले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आफ्ना समर्थक र कार्यकर्ताहरूलाई आह्वान गर्दै, यो प्रत्येक पाकिस्तानीको संवैधानिक अधिकार हो भनेका छन ।

गत वर्ष अविश्वासको संसदीय मत मार्फत खानलाई हटाएपछि पाकिस्तानको राजनीतिक परिदृश्य उथलपुथल भएको छ र हालैको यो गिरफ्तारीले देशको राजनीतिक अवस्थालाई थप प्रभाव पार्ने सम्भावना बढेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img