Friday, March 6, 2026
53.4 F
Washington DC.

इक्वेडरमा संकटकालको घोषणा : भिल्लाभेन्सियोको हत्यामा छ जना पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इक्वेडरले बिहीबार राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्यापछि संकटकालको घोषणा गरेको छ । राष्ट्रपति गुइलेर्मो लासोले संकटकालको घोषणा गर्दै अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई हत्याको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

भिल्लाभिसेन्सियोको हत्यामा ६ जना पक्राउ
प्रहरीले ५९ वर्षीय पत्रकार तथा भ्रष्टाचार विरोधी क्रुसेडर फर्नान्डो भिल्लाभिसेन्सियोको हत्यामा संलग्न ६ कोलम्बियाली नागरिकलाई पक्राउ गरेको जनाएको छ । फर्नान्डोको बुधबार राति राजधानी क्विटोमा एक र्‍यालीबाट बाहिरिने क्रममा गोली हानी हत्या गरिएको थियो ।

अधिकारीहरूका अनुसार अर्को आक्रमणकारी, जो कोलम्बियाली पनि थिए, सुरक्षा एजेन्टहरूले गोली हानी मारेका थिए। आन्तरिक मामिला मन्त्री जुआन जापाटाले आक्रमणकारीहरू “संगठित अपराध समूह”बाट आएको बताएका छन् । यद्यपी उनीहरु कुन–कुन समूहका हुन् भन्ने उनले खुलाएनन् ।

भिल्लाभिसेन्सियोको टाउकोमा तीनवटा गोली लागेर मृत्यु भएको स्थानिय समाचार एजेन्सी एल युनिभर्सोले जनाएको छ। यो हमला मध्यावधि चुनाव हुनु एक साताअघि भएको थियो।

भर्खरैको जनमत सर्वेक्षण अनुसार, भिल्लाभिसेन्सियो राष्ट्रपतिको दौडमा आठ उम्मेद्वारहरू मध्ये दोस्रो सबैभन्दा लोकप्रिय उम्मेद्वार थिए। उनले पत्रकारिता मार्फत भ्रष्टाचारको ठूलो सञ्जालको पर्दाफास गरेका थिए , जसले पूर्व राष्ट्रपति राफेल कोरियालाई आठ वर्षको जेल सजाय सुनाएको थियो। तर, जेल सजायबाट बच्न भागेपछि राफेल कोरिया अहिले बेल्जियममा निर्वासित जीवन बिताइरहेका छन् ।

सरकारी वकिल र प्रहरी अधिकारीहरूले आक्रमणमा राष्ट्रिय विधायिकाका लागि उम्मेदवार र तीन प्रहरीसहित अन्य नौ जना घाइते भएको बताएका छन्।

दुई महिनाका लागि संकटकाल
राष्ट्रपति गुइलेर्मो लासोले दुई महिनाको संकटकाल घोषणा गरेका छन् । अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले राष्ट्रपति गुइलेर्मो लासोले इक्वेडरलाई सहयोग गर्न गरेको अनुरोधलाई स्वीकार गरेको छ। राष्ट्रपति लासोले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img