Monday, May 19, 2025
68.4 F
Washington DC.

आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा २१७ उद्योग बन्द

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सयभन्दा बढी उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार जिल्लामा २ सय १७ उद्योग जस मधे –८४ उत्पादनमूलक उद्योग, १९ कृषि तथा वनजन्य उद्योग , ६३ सेवामूलक उद्योग र ५१ पर्यटन उद्योग बन्द छन् ।

लोडसेडिङ, आर्थिक संकट, बैंकको उच्च ब्याजदरलगायतका कारणले उद्योग बन्द भएको उद्योगीले बताएका छन् । बन्द भएका अधिकांश उद्योग तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाका रहेका छन् ।

रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष माधव पौडेलले एक वर्षमा दुई सयभन्दा बढी उद्योग बन्द हुनुले जिल्लाका उद्योगीहरूको अवस्था देखाएको बताएका छन् । उनले कोभिड–१९ को महामारीका कारण कर्जाको उच्च ब्याजदर र आयात–निर्यातमा नीतिगत अवरोधका कारण साना उद्योग बन्द भएको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजुले बैंक कर्जाको उच्च ब्याजदर, बजार समस्या र विमानस्थल पूर्णरुपमा सञ्चालन नहुनु प्रमुख कारण रहेको बताए । उद्योग बन्द भएकाले केही ठूला उद्योगले उत्पादन क्षमता २५ देखि ४० प्रतिशतमा सीमित गरेर खर्च व्यहोरिरहेको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालका अनुसार जिल्लामा घरेलु अन्तर्गत करिब एक हजार ३० उद्योग दर्ता भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ‘आमाको भान्सा’ मसला उद्योग करिब छ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बञ्जाडेले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याए बस्नुपरेको बताएका छन् । उनले पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरिकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस भएपछि बन्द गर्नुपरेको दुःख व्यक्त गरे ।

उनी जस्तै युवा उद्योगी विष्णुप्रसाद घिमिरेले सञ्चालन गरेको आभास चिया उद्योग करिब एक वर्षदेखि बन्द छ । उद्योगले रुपन्देहीको तिलोत्तमाकै चिया ब्रान्डिङ गरेर बजारमा पुर्‍याउँदै आएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img