spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

सिनेटर अनवरुल हक कक्कड पाकिस्तानको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इस्लामाबाद– पाकिस्तानको बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर अनवरुल हक कक्कड पाकिस्तानको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनको काम नयाँ सरकार नआएसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने हो । प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री शेहबाज शरीफ र राष्ट्रिय सभाका निवर्तमान विपक्षी नेता राजा रियाजबीच आज इस्लामाबादमा भएको बैठकमा कक्कडको नाममा सहमति भएपछि बहुप्रतीक्षित घोषणा भएको हो। त्यसपछि दुवै नेताले कक्कडलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नका लागि राष्ट्रपति आरिफ अल्वीलाई अनुरोध पत्र पठाए पचात राष्ट्रपतिले कक्कडको नियुक्तिलाई अनुमोदन गरेका थिए।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपति डा आरिफ अल्वीले अन्वारुल हक कक्कडलाई कार्यवाहक प्रधानमन्त्रीमा नियुक्त गर्न अनुमोदन गरेको जानकारी दिइएको छ । राष्ट्रपतिले संविधानको धारा २२४–क बमोजिम नियुक्तिलाई अनुमोदन गरेको जनाएका छन । यसअघि प्रधानमन्त्री शेहबाजलाई भेटेर प्रधानमन्त्री निवासबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रियाजले पनि अन्तरिम व्यवस्थाको नेतृत्वमा कक्कडलाई चयन गरिएको पुष्टि गरेका थिए । उनले कार्यवाहक प्रधानमन्त्री सानो प्रदेश र गैर विवादित व्यक्तित्व भएको व्यक्ति हुनुपर्ने भएकोले निर्णय गरेको बताए । “हाम्रो उद्देश्य साना प्रदेशमा रहेको विपन्नता हटाउनु थियो । अन्ततः अनवरुल हक कक्कड कार्यवाहक प्रधानमन्त्री हुने सहमतिमा पुगेका छौं, ” रियाजले संचार माध्यमलाई बताए ।

को हुन् अनवारुल हक कक्कड ?
अन्वारुल हक कक्कड २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सिनेटरको रूपमा निर्वाचित भएका थिए, जुन छ वर्षको कार्यकालको लागि मार्च २०२४ मा समाप्त हुनेछ। यससँगै उनले प्रवासी पाकिस्तानी र मानव संसाधन विकाससम्बन्धी सिनेट स्थायी समितिको अध्यक्ष र व्यापार, वित्त र राजस्व, विदेश मामिला र विज्ञान तथा प्रविधिसम्बन्धी सल्लाहकार समितिको सदस्यको रूपमा काम गरेका थिए । ककरले सन् २०१८ मा बनेको बलुचिस्तान अवामी पार्टीका लागि सिनेटमा संसदीय नेताको भूमिका पनि निभाएका थिए। कक्कडले यो पदमा पाँच वर्ष लामो समय बिताएका थिए । तर, पाँच महिनाअघि नै पार्टीले नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेपछि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो ।

अन्वारुल हक कक्कडले डिसेम्बर २०१५ देखि जनवरी २०१८ सम्म बलुचिस्तान सरकारको प्रवक्ताको रूपमा पनि काम गरेका थिए। इस्लामाबादस्थित अनुसन्धान संस्थान सेन्टर फर स्ट्राटेजिक एन्ड कन्टेम्परेरी रिसर्च (CSCR) का अनुसार काकरले बलुचिस्तान विश्वविद्यालयबाट राजनीति विज्ञान र समाजशास्त्रमा स्नातक डिग्री लिएका छन्। कक्कड अंग्रेजी, उर्दू, फारसी, पुश्तो, बलुची र ब्राह्मी भाषामा दक्ष रहेको संस्थानले जनाएको छ । उनको नियुक्तिमा, पूर्व सूचना मन्त्री र पूर्व पीटीआई नेता फवाद चौधरीले ककर इमानदार, शिक्षित र नम्र पाकिस्तानी भएको बताएका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img