Thursday, April 23, 2026
83.6 F
Washington DC.

रुसद्वारा क्रिमियन ब्रिजमा युक्रेनको आक्रमणलाई असफल बनाएको दावी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनले एस-२०० सतह देखि हावा निर्देशित मिसाइल प्रणालीद्वारा मस्को जोड्ने क्रिमियन पुलमा आक्रमण गर्ने प्रयास गरेकोमा रुसी वायु रक्षा प्रणालीले यसलाई पत्ता लगाएर आक्रमणलाई असफल बनाएको रूसी समाचार एजेन्सी टासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

टास समाचार एजेन्सीले मन्त्रालयलाई उद्धृत गर्दै शनिबार मस्को समय अनुसार दिउँसो १ः०० बजे, किभले एस-२०० सतहबाट हावा निर्देशित मिसाइलले रुसलाई क्रिमियासँग जोड्ने पुलमा आक्रमण गर्ने प्रयास गरेको बताएको छ। तर, रुसको वायु रक्षा प्रणालीले यसलाई पत्ता लगाएर आकासमा रोकेको थियो । यस घटनामा कसैको हताहत भएको जानकारी छैन ।

रुसद्वारा २० ड्रोन खसालेको दावी
यसैबीच, रुसी रक्षा मन्त्रालयले पनि शनिबार क्रिमियालाई लक्षित गरी प्रहार भएको २० युक्रेनी ड्रोनको आक्रमण असफल भएको बताएको छ । युक्रेनले गरेको यो आक्रमणमा २० मध्ये १४ ड्रोन खसालेको छ भने बाँकी ६ वटा नियन्त्रणमा लिई भन्न्डारन गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि, क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले टेलिग्राम मार्फत दुई युक्रेनी क्षेप्यास्त्रलाई यस क्षेत्रमा वायु रक्षा प्रणालीले खसालेको र पुलमा कुनै असर नपरेको जानकारी दिएका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img