spot_img
Friday, November 22, 2024
41.8 F
Washington DC.
spot_img

म्यानमारको बहुमूल्य ढुङ्गा खानी पहिरो गई भत्किँदा ३६ मजदुर जिउँदै पुरिए, ३३ जनाको शव फेला

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उत्तरी म्यानमारको बहुमूल्य ढुङ्गा खानी पहिरो गई भत्किँदा मृत्यु भएका ३३ जना कामदारको शव भग्नावशेषबाट निकालिएको छ भने तीन जना अझै बेपत्ता छन् । उद्धार टोलीका एक अधिकारीले बुधबार संचार माध्यमलाई जानकारी दिएका हुन् ।

विश्वको सबैभन्दा ठूलो र बहुमूल्य ढुङ्गा खखानीको केन्द्र मानिने काचिन प्रान्तको हपाकान्तको मन्ना गाउँमा आइतबार खानी भत्किएको हो । उक्त घटनामा खानीको भग्नावशेष ३ सय मिटर तल तालमा खसेको थियो । यो दुर्घटनापछि ३५ जना भन्दा बढी भग्नावशेषमा दबिएका थिए ।

घटनापछि झण्डै १ सय ५० उद्धारकर्ताले पाँचवटा साना डुङ्गाको सहयोगमा काम सुरु गरेको स्थानीय उद्धार टोलीका एक अधिकारीले नाम न छाप्ने सर्तमा संचार माध्यमलाई बताएका छन् । हिलो पानी भएको तालबाट हालसम्म ३३ जनाको शव निकालिएको छ । कम्तीमा तीन जना अझै बेपत्ता रहेको उनले बताए ।

आफ्ना दुई आफन्त गुमाएका खानीका स्थानीय अधिकारीहरूले अन्तिम संस्कारका लागि प्रति पीडित ७ लाख क्याट (अमेरिकी डलर ३३० ) उपलब्ध गराएको बताए। यसअघि पनि हापाकाँतमा रहेको ढुङ्गा खानीको घटना बाहिर आएको थियो । सन् २०२२ को जुलाईमा सोही क्षेत्रमा खानी भत्किँदा १६२ जनाको ज्यान गएको थियो भने २०१५ मा यस्तै दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भर्जिनियाको साउथ राइडिङमा भयानक गाडी दुर्घटनामा दुईजनाको मृत्यु, चालक पक्राउः मदिरा सेवनको शङ्का

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत साउथ राइडिङमा शुक्रबार बिहान भएको एक भयानक गाडी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img