Thursday, April 23, 2026
83.6 F
Washington DC.

डोमिनिकन रिपब्लिकमा भीषण विष्फोट: ११ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

डोमिनिकन रिपब्लिकमा सोमबार एउटा सानो सहरमा भएको विष्फोटपछि ११ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता र दर्जनौं घाइते भएका छन् । आपतकालिन अधिकारीहरुले मंगलबार यो जानकारी दिएका हुन् । राजधानी सान्टो डोमिङ्गोबाट ३० किलोमिटरभन्दा कम दूरीमा विस्फोट भएको हो । विस्फोटले सान क्रिस्टोबलको व्यावसायिक क्षेत्रलाई नोक्सानी पुर्याएको छ । सामाजिक संजालमा पोष्ट गरिएका फुटेज अनुसार उक्त क्षेत्रमा घण्टौंसम्म आगो बलिरहेको र कालो धुवाँले ढाकेको देखिन्छ ।

शीर्ष आपतकालिन अधिकारी जुआन म्यानुएल मेन्डेजले मंगलबार साँझ मृत्यु हुनेको संख्या जारी गर्दै अधिकारीहरूले थप मृतकहरू पहिचान गर्न काम गरिरहेको बताएका छन्। उनका अनुसार ११ जनाको शव पहिचान भएको छ, तर पहिचान हुन नसकेको थप शवहरु अझै रहेको छ । आपतकालीन अधिकारीहरूले ५९ घाइतेमध्ये ३७ जनालाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

“हामीले हराएकालाई खोज्न मानवीय रूपमा सम्भव हुने सबै प्रयास गरिरहेका छौं”, राष्ट्रपति लुइस अबिनाडरले एक सम्बोधनमा भनेका छन्। अधिकारीहरूले सोमबार मिडियालाई जानकारी दिए अनुसार मृत्यु हुनेमा चार महिनाको बच्चा पनि रहेको छ। विस्फोटको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।

विष्फोटका कारण हार्डवेयर पसल, भेटेरिनरी क्लिनिक र प्लाष्टिक कारखानालगायत क्षेत्रका धेरै व्यवसाय प्रभावित भएका छन्। धेरै सवारी साधन जलेर खरानी भएका छन् । बेपत्ता व्यक्तिहरूको पहिचान गर्नका लागि सामाजिक सञ्जालमा तस्बिरहरू सेयर भइरहेका छन्।
श्रोत: जिएनबी नाउ

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img