Monday, May 19, 2025
76.3 F
Washington DC.

अष्ट्रेलियामाथि जित हात पार्दै इंग्ल्याण्ड विश्वकपको ऐतिहासिक फाइनलमा प्रवेश

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इङ्गल्याण्डको राष्ट्रिय महिला फुटबल टोलीले सह-आयोजक अष्ट्रेलिया विरुद्ध रोमाञ्चक विजय हासिल गर्दै पहिलो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। इङ्गल्याण्डको प्रभावशाली प्रदर्शनले च्याम्पियनसिप खेलमा अग्रता दिलाउदै सिड्नीको माटिल्डासमा ३-१ को जित निकाल्न सफल भएको छ ।

३६औं मिनेटमा एलेसिया रुसोको पासको सदुपयोग गर्दै एला टुनेको पहिलो गोल मार्फत इंग्ल्याण्डले अग्रता लिएको थियो । टुनेको पहिलो गोलको अग्रता र इङ्ल्यान्डको बलियो मिडफिल्ड र पाँच खेलाडीको डिफेन्स तोड्न सह- आयोजक अस्ट्रेलियालाई धेरै संघर्ष गर्नु परेको थियो। इङ्ल्यान्डको बलियो डिफेन्सका बावजुद अष्ट्रेलियाले जादूमयरुपमा एक आकर्षक गोल गरी बराबरी गर्न सफल भयो । साम केरले २५ यार्ड भन्दा बढी बाहिरबाट आकर्षक स्ट्राइक गरी गोल गर्न सफल भएकी थिइन्।

यसको १० मिनेट भन्दा कम समयमा इङ्गल्याण्डले अर्को जादुमय गोल गर्यो जब लरेन हेम्पले अवसरलाई सदुपयोग गर्दै गोल गरेकी थिइन्। खेल २-१ को स्कोर मा पुग्यो।

खेल चरमोत्कर्षमा पुगेपछि एलेसिया रुसोले काउन्टर अट्याकमा निर्णायक गोल गर्दै इङ्ल्यान्डको भाग्यलाई विश्व कपको फाइनलमा आफ्नो स्थान पक्का गरिन्।

अष्ट्रेलियाको मिडफिल्डको डिफेन्सलाई नियन्त्रण गर्दे उनीहरुको त्रुटिहरूलाई कुशलतापूर्वक फाइदा उठाउदै इङ्ल्यान्डले जित हात पार्न सफल भएको थियो।

ऐतिहासिक महिला विश्वकप फाइनल: इंग्ल्याण्ड विरुद्ध स्पेन
अष्ट्रेलियामाथिको विजयी जित पश्चात ऐतिहासिक महिला विश्वकप फाइनलमा इंग्ल्याण्डले स्पेनसंग भिडने छ। फाइनल खेल आइतबार, अगस्त 20, २०२३ का दिन सिड्नीको स्टेडियम अस्ट्रेलियामा हुने भएको छ। यो फाइनल महिला विश्वकप च्याम्पियनसिप खेल २००७ टूर्नामेंट, जुन सेप्टेम्बरमा भएको थियो, त्यसपछि पहिलो पटक हुदैछ ।

अमेरिकाका फुटबल फ्यानहरूका लागि अस्ट्रेलियाको स्थानीय किक अफ समय ८ बजे , पूर्वीया समय बिहान ६ बजे र प्रशान्त समय बिहान ३ बजे हुनेछ ।

यतिबेला विश्वभरका फुटबल प्रेमीहरु यी दुई प्रतिभाशाली टोलीहरू बीचको भिडन्तलाई उत्सुकताका साथ पर्खिरहेका छन्। फाइनलमा इंग्ल्याण्ड र स्पेनको यात्राले मन र मस्तिस्कमा कौतुलता जगाउनुका साथै विश्व कपको उपाधि जित्ने फाइनल खेलले विश्वव्यापी फुटवल मञ्चमा अविस्मरणीय खेल प्रदर्शन हुने खेलका विश्लेषकहरु बताउछन । श्रोत: जिएनबी नाउ

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img