Tuesday, May 20, 2025
64.9 F
Washington DC.

पाकिस्तानमा १७ वटा चर्चमा आक्रमण, १२८ भन्दा बढी गिरफ्तार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको पञ्जाब प्रान्तमा अल्पसंख्यक क्रिस्चियन समुदायका १७ वटा चर्चहरुमा ईश्वरनिन्दाको आरोपमा एकैपटक आक्रमण भएको छ । यस आक्रमणमा क्रिस्चियन समुदायका घरलाई पनि निशाना बनाइएको छ । आक्रमणकारीको ठूलो भीडका कारण घटनास्थलमा उपस्थित प्रहरीहरूले सुरक्षा दिन नसकेको स्थानीय संचार माध्यमले जनाएका छन् । अहिले विश्वभर नै चर्चमा भएको आक्रमणको बढ्दो विरोधलाई ध्यानमा राख्दै पाकिस्तानी सरकारले सुरक्षा बढाएको छ।

राष्ट्रिय मानव अधिकार आयोग (एनसीएचआर) का अनुसार आक्रमणमा परेका चर्चमा १२ वटा दर्ता भएका थिए भने ५ चर्च हरु दर्ता थिएनन्।

हिंसामा संग्लग्न भएको आरोपमा पञ्जाब पुलिसले १२८ भन्दा बढी गिरफ्तार गरेको छ।

यसै सन्धर्भमा पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले बिहीबार ती सबै चर्चहरु र क्रिश्चियनहरूको घरहरू सरकारी खर्चमा मर्मत गरेर तीन चार दिनभित्र पुनर्स्थापित गर्ने वाचा गरेका छन् ।

उता, प्रतिबन्धित कट्टरपन्थी समूह तहरीक-ए-लब्बैक पाकिस्तान (टीएलपी) र अहल-ए-सुन्नत विरुद्ध हिंसा भड्काएको आरोपमा एफआईआर दर्ता गरिएको स्थानिय संचार माध्यमले जनाएका छन ।

अल्पसंख्यक क्रिस्चियन समुदाय विरुद्धको चरम हिंसाका कारण सुरक्षाका लागि पञ्जाब सरकारले रेन्जरहरू खटाएको छ । सबैभन्दा हिंसा प्रभावित फैसलाबादको जरनवाला जिल्लामा ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको बताइएको छ । कट्टरपन्थीहरूको भीडले उनीहरूलाई फेरि आक्रमण नगरुन भनेर क्रिस्चियन समुदायका क्षेत्रहरूलाई प्रहरीले घेरा हालेको छ। मिडिया रिपोर्टका अनुसार, एक दिन अघि कट्टरपन्थीहरूले साल्भेसन आर्मी चर्च, युनाइटेड प्रेस्बिटेरियन चर्च, एलाइड फाउन्डेशन चर्च र शाहरुनवाला चर्चमा तोडफोड गरेका थिए। यस क्रममा क्रिस्चियन समुदायका चर्च र घरमा रहेका बहुमूल्य सामानहरु लुटिएका थिए ।

प्रहरी र स्थानीय स्रोतले संचार माध्यमलाई दिएको जानकारी अनुसार दुई क्रिस्चियन दाजुभाइ बस्ने जारनवालाको सिनेमा चोकमा रहेको घर नजिकै केही स्थानीयले पवित्र कुरानको अपमानित पाना फेला पारेको आरोप लगाएपछि हिंसा भड्किएको हो । आक्रमणकारीले यी दुई दाजुभाइको घर भत्काएका थिए । स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सात दिनका लागि धारा १४४ लागू गर्दै सरकारी कार्यक्रम बाहेक सबै जमघटमा रोक लगाएको छ । यसैबीच, कार्यवाहक प्रधानमन्त्री अनवारुल हकले पञ्जाब सरकारलाई घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न आदेश दिएका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img