spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

खुल्यो जग्गा कित्ताकाट, अर्थतन्त्र चलायमान हुने विश्वास

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल सरकारले रोक्का गरेको जग्गा कित्ताकाट बिहिबार खुला गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको सरकारी निकायले जनाएका छन । जग्गा कित्ताकाट खुकुलो गराउँदा अर्थतन्त्र चलायमान हुने र घरजग्गा किनबेचमा भइरहेको जटिलता अन्त्य हुने भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रकाश जोशीले संचार माध्यमलाई बताएका छन । सरकारले स्थानीय तहलाई जग्गा वर्गीकरणको जिम्मा दिएकोमा धेरै स्थानीय तहले समयमै जग्गा वर्गीकरण गर्न नसकेकाले कित्ताकाट खुला गर्नुपरेको प्रवक्ता जोशीले संचार माध्यम लाई बताएका छन ।

यसअघि जग्गा वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्न पाइने व्यवस्था थियो। धेरै स्थानीय तहले जग्गा वर्गीकरण गर्न बाँकी रहेकाले घरजग्गा किनबेचमा समस्या भै गुनासो बढी आएकाले सरकारले फुकुवा गरेको हो । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर जग्गा कित्ताकाट रोकेको थियो। ७५३ स्थानीय तहमध्ये १७० हाराहारी स्थानीय तहले मात्र अहिलेसम्म जग्गाको वर्गीकरण गरेका छन्। जग्गा कित्ताकाट फुकुवा भएपछि जग्गा व्यवसायीलाई राहत मिलेको छ।

सरकारले जग्गा वर्गीकरण गर्न नभ्याएको ठाउँमा थप एक वर्षको समय दिएको छ । तर, वर्गीकरणकै कारण भने जग्गाको कित्ताकाट नरोकिने प्रवक्ता जोशीले बताएका छन ।

पारिवारिक अंशबन्डा गर्दा जग्गाको कित्ताकाट नहुदा जटिलता भइरहेकाले कित्ताकाट फुकुवा भएपछि यसको समाधान हुने प्रवक्ता जोशीको भनाइ छ। यसअघि आवासीय, व्यावसायिक, कृषि, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्रको रूपमा जग्गा वर्गीकरण गर्नुपर्ने व्यवस्था नियमावलीमा राखिएको थियो।

जग्गा वर्गीकरण गरिसकेका पालिकाको हकमा कित्ताकाट गर्न कुनै समस्या थिएन। तर अधिकांश पालिकाले नियमावली अनुसार जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाट र जग्गा कारोबार ठप्प भएको थियो। स्वीकृत संशोधित नियमावलीमा आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा एक रोपनीसम्म कित्ताकाट गर्न पाइने उल्लेख गरिएको छ। यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न नपाउने व्यवस्था थियो।

कृषि जमिनको हकमा उपत्यकामा पाँच सय वर्गमिटर, तराई र भित्री मधेशमा ६७५ वर्गमिटर क्षेत्रफलभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था यसअघि थियो । सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाको मापदण्ड पनि कायम गर्ने गरी नियमावलीमा राखिएको प्रवक्ता जोशीले जानकारी गराएका छन ।

मन्त्रिपरिषद् स्वीकृत भएको नियमावलीअनुसार सरकारले प्लानिङको स्वीकृति लिएकालाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। यसअघि प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img