Wednesday, May 21, 2025
57.5 F
Washington DC.

अमेरिकी सेनाद्वारा सोमालियामा अल-शबाब विरुद्ध हवाई हमला, १३ विद्रोही मारिए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोमालिया सरकारको अनुरोधमा अमेरिकी सशस्त्र सेनाले अल-शबाब आतंकवादी समूह विरुद्ध हवाई हमला गर्दा समूहका १३ विद्रोहीको मृत्यु भएको छ ।

सोमाली राष्ट्रिय सेनासँगको सहकार्यमा अमेरिकी अफ्रिका कमाण्डले उक्त कारबाहीमा १३ अल-शबाब लडाकूको मृत्यु भएको अमेरिकी अफ्रिका कमाण्डले आइतवार एक बिज्ञप्ति मार्फत बताएको छ। कमाण्डले हवाई आक्रमणमा कुनै पनि नागरिकको हताहत नभएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ कि सटीक हवाई आक्रमण लगभग ४५ किलोमिटर (२७. ९ माइल) उत्तरपश्चिम किस्मायो शहरमा गरिएको थियो। लामो समयदेखि अल-शबाबले आफ्नो गतिविधि गर्दै आएको यस क्षेत्रमा समूहको गतिबिधिलाई रोक्न र उनीहरुको क्षमतालाई कमजोर बनाउन चयन गरिएको कमाण्डले विज्ञप्तिमा जनाएको छ ।

अल-शबाब एक सोमालियामा आधारित जिहादी आतंकवादी समूह हो जुन अल-कायदा आतंकवादी समूह सँग सम्बन्धित छ। यो समूह सोमाली सरकार विरुद्ध सशस्त्र प्रतिरोधमा संलग्न रहेको छ र लगातार राष्ट्रिय सुरक्षा र देश भित्र अन्तर्राष्ट्रिय मानवीय प्रयास दुवैलाई चुनौती दिदै आएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img