Friday, March 6, 2026
62.1 F
Washington DC.

ताजकिस्तानमा भारी वर्षाका कारण १३ जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताजिकिस्तानको बिभिन्न क्षेत्रमा अगस्ट २७ मा परेको भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको राष्ट्रपतिको प्रेस सेवाले जनाएको छ।

पहिरोले ११ जनाको ज्यान गएको छ भने वाहदत सहर र रुडाकी जिल्लामा दुई जनाको ज्यान गएको, राष्ट्रपतिको प्रेस सेवाले जनाएको छ ।

राष्ट्रपति इमोमाली रहमोनले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन प्रधानमन्त्री तथा आपतकालीन अवस्था तथा नागरिक रक्षा समितिलाई निर्देशन दिएका छन् । अधिकारीहरूलाई पनि विपद् पछिको अवस्थामा प्रभावित परिवारलाई तत्काल सहयोग गर्न राष्ट्रपति आदेश दिएका छन् ।

आइतबार परेको अविरल वर्षाले दुशान्बे–खुजन्द सडकखण्डमा क्षति पुगेको छ । माटोको बहाव, पहिरो र ढुङ्गाहरू झरेका कारण सडकमा सवारी आवागमन केही समयका लागि रोकिएको प्रेस सेवाले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img