Wednesday, June 10, 2026
72.7 F
Washington DC.

मध्य चीनमा भारी वर्षापछि ३ हजारभन्दा बढी विस्थापित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य चीनको हुनान प्रान्तका केही भागमा शनिबारदेखि आइतवारसम्म परेको अविरल वर्षापछि तीन हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रान्तीय बाढी तथा खडेरी नियन्त्रण मुख्यालयले जनाएको छ।

साङ्झी, शिमेन र योङ्शुन र झाङ्जियाजी शहरका काउन्टीहरूमा बाढी आउन सक्ने बताइएको छ भने शनिबारदेखि भारी वर्षाले उत्तरपश्चिम हुनानलाई नोक्सानी पुर्याएको छ।

लिशुई नदीमा रहेको साङ्झी स्टेसनले २५९.२१ मिटरको पानी रेकर्ड गरेको छ, जसमा सतर्कताको स्तर २.७१ मिटरले बढेको र १०.८५ मिटरको उल्लेखनीय वृद्धि भएको समाचार एजेन्सी सिनवाले जनाएको छ।

भारी वर्षाका कारण साङ्झी काउन्टीको तल्लो सहरी क्षेत्रमा बाढी आएको छ भने केही ग्रामीण बस्ती डुबानमा परेको छ । यसबाहेक, बाढीका कारण लिशुई नदी किनारका सडकहरू आवतजावत गर्न नसकिने भएका छन्, र धेरै काउन्टी र सहर -स्तरीय सडकहरू भारी वर्षाका कारण विभिन्न स्तरमा भत्किएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img