Monday, May 19, 2025
64.9 F
Washington DC.

मध्य चीनमा भारी वर्षापछि ३ हजारभन्दा बढी विस्थापित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य चीनको हुनान प्रान्तका केही भागमा शनिबारदेखि आइतवारसम्म परेको अविरल वर्षापछि तीन हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रान्तीय बाढी तथा खडेरी नियन्त्रण मुख्यालयले जनाएको छ।

साङ्झी, शिमेन र योङ्शुन र झाङ्जियाजी शहरका काउन्टीहरूमा बाढी आउन सक्ने बताइएको छ भने शनिबारदेखि भारी वर्षाले उत्तरपश्चिम हुनानलाई नोक्सानी पुर्याएको छ।

लिशुई नदीमा रहेको साङ्झी स्टेसनले २५९.२१ मिटरको पानी रेकर्ड गरेको छ, जसमा सतर्कताको स्तर २.७१ मिटरले बढेको र १०.८५ मिटरको उल्लेखनीय वृद्धि भएको समाचार एजेन्सी सिनवाले जनाएको छ।

भारी वर्षाका कारण साङ्झी काउन्टीको तल्लो सहरी क्षेत्रमा बाढी आएको छ भने केही ग्रामीण बस्ती डुबानमा परेको छ । यसबाहेक, बाढीका कारण लिशुई नदी किनारका सडकहरू आवतजावत गर्न नसकिने भएका छन्, र धेरै काउन्टी र सहर -स्तरीय सडकहरू भारी वर्षाका कारण विभिन्न स्तरमा भत्किएका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img