Friday, March 6, 2026
53.4 F
Washington DC.

मोरक्कोमा शक्तिशाली भूकम्पः ६३२ जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफ्रिकी देश मोरक्कोमा शुक्रवार अबेर आएको भूकम्पका कारण अहिलेसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । मोरक्कन जियोलोजिकल सेन्टरले भूकम्पको रेक्टर स्केल ७.२ रहेको जनाएको छ । तर, अमेरिकी भूगर्भ सर्वेक्षणले यसको तीव्रता ६.८ राखेको छ । यस क्षेत्रमा गएको १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ। सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको देखिन्छ ।

भूकम्पको केन्द्रबिन्दु माराकेश सहरबाट ७० किलोमिटर टाढा एटलस पर्वत नजिकैको इघिल नामक गाउँ रहेको बताइएको छ । भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।

भूकम्पले भवनहरू भग्नावशेष र धुलोमा परिणत गरेको छ। युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक माराकेचमा पर्यटकहरूको ध्यान आकर्षित गर्ने रातो पर्खालका केही भागहरू पनि क्षतिग्रस्त भएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला हजारौं मानिसको मृत्यु भएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img