spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

अपडेट: मोरक्कोको भूकम्पमा १,००० भन्दा बढीको मृत्यु, ऐतिहासिक सहरहरूमा क्षति

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मोरक्को – मोरक्कोमा शुक्रबार राति गएको एउटा दुर्लभ र शक्तिशाली भूकम्पले ज्यान गुमाउनेको सङ्ख्या १,००० नाघेको छ। भूकम्पले भवन र पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। एटलस माउन्टेन्सको दुर्गम पहाडी गाउँहरूदेखि ऐतिहासिक शहर माराकेचसम्मका क्षेत्रहरूलाई असर गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पको तीव्रता ६.८ राखेको छ । १२० वर्षमा मोरक्कोमा आएको यो भूकम्प सबैभन्दा दूर्लभ र शक्तिशाली मानिएको छ। यसको प्रभाव धेरै टाढासम्म महसुस गरिएको थियो। भूकम्पले ढुङ्गा र माटोबाट बनेका ऐतिहासिक पुरातन शहरहरूका भवनहरू र पर्खालहरू ढलेका छन्।

माराकेच र अन्य प्रभावित क्षेत्रका बासिन्दाहरू भत्किएका घरबाट बाहिर सडकमा निस्किएका छन। सामाजिक सञ्जालमा पोष्ट गरिएका फ़ोटेज अनुसार धेरैले कम्बलमा बेरिएर बाहिर सुत्न थालेको देखिएको छ।

प्रत्यक्षदर्शीहरूले भूकम्पको समयमा देखा परेको अस्तव्यस्तता , मानिसमा डर र आतंक, भाँडाकुँडा र पर्खालमा झुण्डिएको , मानिसहरूको खुट्टा थिचिएको र तीव्र कम्पनले घरहरू हल्लाएको भिडियोहरु पोष्ट गरेका छन । स्पेन र अल्जेरियामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो, जसले यी छिमेकी देशहरूका भवनहरूमा क्षति पुर्याएको थियो।

भूकम्पको केन्द्रबिन्दु माराकेचको लगभग १०० किलोमिटर (६० माइल) उत्तरपूर्वमा रहेको इमिलचिल सहरको नजिकै रहेको थियो, जुन सुन्दर ताल र हिमालका लागि परिचित छ।

भूकम्पको विनाश भयाभय छ , भवनहरू भग्नावशेष र धुलोमा परिणत भएका छन । युनेस्कोको विश्व सम्पदा स्थल, ऐतिहासिक माराकेचको प्रतिष्ठित रातो पर्खालहरू पनि भूकम्पबाट क्षतिग्रस्त भएको स्थानिय संचार माध्यमले जनाएका छन् ।

उत्तर अफ्रिकामा विरलै यस्ता शक्तिशाली भूकम्पहरू आउने गर्दछन। यसअघि , सन् १९६० मा अगादीर नजिकै भूकप्म आउदा हजारौंको ज्यान गएको थियो।

मोरक्कन सरकारले आपतकालिन अवस्थाको घोषणा गरेको छ र उद्धार र राहत कार्यमा सहयोग गर्न सेना, प्रहरी र नागरिक सुरक्षा बलहरूलाई तुरुन्त परिचालन गरेको छ । राजा मोहम्मद छैठौंले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै भूकम्पको कारण र परिणामबारे अनुसन्धान गर्न आदेश दिएका छन्।

भूकम्पले केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर (१२० माइल) टाढाको तट नजिकै रहेको मोरक्कोको आणविक उर्जा केन्द्रको सुरक्षाको बारेमा पनि चिन्ता बढाएको छ। प्लान्टको सञ्चालकले त्यहाँ कुनै क्षति वा विकिरण चुहावट नभएको र सुविधा सञ्चालनमा रहेको बताएका छन ।

यो विनाशकारी भूकम्प विश्वव्यापीरुपमा आएको बाढी, जंगली आगलागी, आँधी र ज्वालामुखी विष्फोट लगायत जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक प्रकोपहरूमा वृद्धिको बीचमा आएको छ । हिमनदी पग्लने र समुन्द्रको सतह बढेर पृथ्वीको सतहमा परेको तनावका कारण भूकम्प अझै बारम्बार र गम्भीर हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img