spot_img
Monday, May 20, 2024
78.9 F
Washington DC.
spot_img

लेबनानमा प्यालेस्टिनी शरणार्थी शिविरमा झडप हुँदा १५ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविर इन एल हिल्वेहमा प्यालेस्टिनी गुटहरूबीच भएको हिंसात्मक झडपमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य १५० भन्दा बढी घाइते भएको एनएनए समाचार एजेन्सीले बिहीबार जनाएको छ।

झण्डै ८० हजार प्यालेस्टिनीहरूको घर रहेको र इस्लामवादी समूहहरूको गढ मानिने शिविरमा बुधबार राति गोलिवारी सुरु हुदा भारी बन्दुकको गोली र विस्फोटका आवाजहरू सुनिएको र गोलिवारी बिहीबार सम्म` जारी रहेको बताइएको छ ।

झडपमा इस्लामवादी समूह अन्सार अल्लाह र फताहका पूर्व अधिकारी मुनिर अल-मकदाहका समर्थकहरू लगायतका प्रतिद्वन्द्वी गुटहरू विरुद्ध प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासप्रति वफादार फतह आन्दोलनका सदस्यहरू खडा भएको थियो। फताह र अन्य प्यालेस्टिनी गुटहरू बीचको भीषण झडप बिहीबार बिहान चारै दिशामा फेरि सुरु भएको समाचार एजेन्सीले जनाएको छ।

लेबनानी सेनाले हिंसालाई नजिकैका क्षेत्रहरूमा फैलिनबाट रोक्न शिविर वरिपरि सेना र ट्याङ्कहरू तैनाथ गरेको छ , तर शिविर भित्र हस्तक्षेप नगरेको बताइएको छ। उक्त शिविरमा प्यालेस्टिनी गुटहरूले दशकौं पुरानो सम्झौता अन्तर्गत स्वायत्तता पाएका छन् ।

लेबनानी रेड क्रसले जनाए अनुसार शिविरबाट १५ जना घाइतेहरूलाई बाहिर निकालिएको छ र तिनीहरूलाई बाहिरका अस्पतालहरूमा स्थानान्तरण गरिएको छ। शिविरभित्र घाइते भएकाहरूलाई स्वास्थ्य सहायता उपलब्ध गराउन प्यालेस्टिनी रेड क्रिसेन्टसँग समन्वय गरिरहेको पनि लेबनानी रेड क्रसले बताएको छ ।

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (UNRWA) ले यो अवस्थाको बारेमा “गहिरो चिन्तित” रहेको र युद्धको तत्काल अन्त्य गर्न आह्वान गरेको छ। सुरक्षाको कारण देखाउँदै अर्को सूचना नआएसम्म शिविरमा आफ्नो सञ्चालन स्थगन गरिएको पनि एजेन्सीले बताएको छ ।

लेबनान र क्षेत्रको राजनीतिक स्थितिमा बढ्दो तनावको बीचमा हालका वर्षहरूमा प्रतिद्वन्द्वी प्यालेस्टिनी गुटहरू र इस्लामवादी लडाकुहरूबीच बारम्बार झडपहरू भएको छ। हिंसाको पछिल्लो घटना अप्रिल २०१७ मा भएको थियो, त्यसबेला चार दिनको लडाईमा सात व्यक्तिको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img