spot_img
Monday, May 20, 2024
73.3 F
Washington DC.
spot_img

पाकिस्तानको बलुचिस्तानमा धार्मिक पार्टीका नेतालाई लक्षित गरी आत्मघाती आक्रमण, ११ जना घाईते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार एक धार्मिक राजनीतिक दल जमियत उलामा-ए-इस्लाम पाकिस्तान (जेयुआई) का नेता सवार गाडीलाई लक्षित गरी आत्मघाती आक्रमण भएको छ। उक्त आक्रमणबाट जेएमआई नेता सहित अन्य १० जना व्यक्ति गरी ११ जना घाइते भएका छन् ।

मस्तुङका सहायक आयुक्त अताउल मुनीमका अनुसार घटनामा ११ जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि क्वेटा लगिएको छ, डाउन समाचार एजेन्सीले जनाएको छ।

जेयुआईका प्रवक्ता असलम घोरीले हाफिज हमदुल्लाहमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। उनको ट्विट अनुसार हाफिज हमदुल्लाह र उनका साथीहरुको अवस्थामा सुधार आएको छ । उनले हाफिज हमदुल्लाह र अन्य घाइतेहरूलाई क्वेटा लगिएको पनि बताएका छन् । अस्लम घोरीले घटनाको गहिरो छानबिन गर्न सरकारलाई आग्रह गर्दै यस दुखद घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउन आग्रह गरेका छन् ।

डन समाचार एजेन्सीका प्रहरी स्रोतका अनुसार जमियत उलेमा-ए-इस्लाम (जेयूआई) का नेता हाफिज हमदुल्लाह कलात जिल्लामा राजनीतिक र्‍यालीमा जाँदै गर्दा मस्तुङ जिल्लामा विस्फोटक पदार्थ बोकेको मोटरसाइकल उनी सवार गाडीसँग ठोक्किएको थियो।

समाचार एजेन्सीले स्रोतहरूलाई उदृत गर्दै जनाए अनुसार संदिग्ध आत्मघाती बमवर्षकले जिल्लाको मुख्य राजमार्गमा आफ्नो मोटर साइकलले हमदुल्लाहको गाडीमा ठक्कर दिएको थियो जसबाट धेरै किलोमिटर टाढासम्म बिष्फोटको ठूलो आवाज सुनिएको थियो।

हमदुल्लाह र उनका दुई बन्दुकधारी सुरक्षा गार्डलाई सामान्य चोट लागेको छ र नजिकैको अस्पतालमा लगिएको थियो , जहाँ उनीहरूको स्वास्थ अवस्था स्थिर रहेको जेयूआईका प्रवक्ता असलम गौरीले मिडियालाई जानकारी दिएका छन् ।

आक्रमणको समयमा हमदुल्लाहको गाडीबाट गुज्रिरहेको यात्रुवाहक भ्यानमा पनि क्षति पुगेको र आठ यात्रुहरू चकनाचुर भएका सिसाका झ्यालहरूबाट घाइते भएको प्रहरीले संचार माध्यमलाई जानकारी दिएको छ ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन तर बलुचिस्तान पृथकतावादी, धार्मिक चरमपन्थी र विद्रोही लगायतका विभिन्न उग्रवादी समूहहरूको हिंसाबाट ग्रस्त छ।

अनुसन्धानको लागि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ, र सुरक्षा बलहरूले अपराधीहरूलाई पक्रन खोजी अभियान सुरु गरेको छ, डन समाचार एजेन्सीले जनाएको छ ।

बलुचिस्तानका अन्तरिम गृहमन्त्री जुबैर जमालीले घटनाको कडा निन्दा गरेका छन् र त्यसपछि अधिकारीहरूलाई छानबिन गरी प्रतिबेदन पेश गर्न आदेश दिएका छन्। साथै उनले जिल्ला प्रशासनलाई घाइतेलाई सहयोग गर्न निर्देशन दिँदै आतङ्ककारी तत्वलाई निर्मूल पार्नका लागि उपलब्ध सबै स्रोत परिचालन गर्ने विश्वास दिलाएका छन ।

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारीले घटनाको कडा शब्दमा भर्त्सना गर्दै पीडितहरूका लागि प्रार्थना गरेका छन्। उनले आतंकवादी र आतंकवादलाई समर्थन गर्नेलाई न्यायको कठघरामा ल्याउनुपर्नेमा जोड दिएका छन ।

जेयूआइ एक रूढिवादी सुन्नी मुस्लिम पार्टी हो जसको बलुचिस्तान र पाकिस्तानका अन्य भागहरूमा बलियो आधार छ। यो विपक्षी गठबन्धनको हिस्सा हो जसले गत वर्षदेखि देशभर सरकार विरोधी र्‍याली गर्दै आएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img