spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

‘म अमेरिकी राष्ट्रपति भए ७५ प्रतिशत सरकारी कर्मचारी हटाउनेछु,’ विवेक रामास्वामीको विवादास्पद भनाई

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्न दौडिरहेका भारतीय मूलका अमेरिकी विवेक रामास्वामीको एक वक्तव्यले चुनावी माहौललाई ताताएको छ । रामास्वामीले सन् २०२४ को चुनाव जितेमा ७५ प्रतिशतभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बर्खास्त गर्ने र एफबीआई जस्ता धेरै प्रमुख एजेन्सीहरू बन्द गर्ने बताएका छन्। उनले आफू सत्तामा आए पहिलो वर्ष नै सरकारी कर्मचारीको संख्या ५० प्रतिशतले घटाउने बताएका छन ।

कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम) का अनुसार, संघीय सरकारमा अनुमानित २२ लाख मानिस काम गर्छन्। रामास्वामीको योजनाले यो संख्यालाई झन्डै आधाले घटाउनेछ, अर्थात अनुमानित ११ लाख संघीय कर्मचारीहरू हटने छन । उनले सेना, कानून प्रवर्तन, खुफिया, र राष्ट्रिय सुरक्षा कर्मीहरू, साथै वश्यक स्वास्थ्य सेवा र सामाजिक सेवाकर्मीहरूलाई आफ्नो कटौतीबाट छुट दिने बताएका छन । आफ़ुहरुले पहिलो वर्षको अन्त्यसम्म हेडकाउन्ट ५० प्रतिशतले घटाउन चाहेको रामास्वामीले भनेका छन् ।

अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई दिएको अन्तर्वार्तामा रामास्वामीले आफ्नो लक्ष्य शिक्षा विभाग, एफबीआई, एक्साइज, तंबाकू, हतियार र विस्फोटक ब्यूरो, आणविक नियामक आयोग, आन्तरिक राजस्व सेवा, र वाणिज्य विभाग हुने बताए। ‘हामी पहिलो दिनबाट सुरु गर्नेछौं, र हामी पहिलो वर्षको अन्त्यसम्म हेडकाउन्ट ५० प्रतिशतले घटाउन चाहन्छौं,’ रामास्वामीले भनेका छन् ।

उनले अन्तर्वार्ताका दौरान भने, ‘यस्ता कर्मचारीमध्ये ३० प्रतिशत आगामी ५ वर्षमा अवकाशको उमेरमा पुग्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैले यो जायज छ। यसमा कुनै शंका छैन । तर सुन्दा जस्तो अनौठो छैन “। एक्सियोसका अनुसार रामास्वामीले आफ्नो लक्ष्य ४ वर्षभित्र २२ लाख कर्मचारीमध्ये ७५ प्रतिशत हटाउने बताएका छन ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img