Friday, May 23, 2025
62.6 F
Washington DC.

अनेसास कविता महोत्सवमा जगन्नाथ पौडेल भए प्रथम

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( न्यूजर्सी, अमेरिका), मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, ,नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने  एकसय एकजना कविले कविता वाचन गरेका थिए। जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए । 

पुरस्कृत

१.             प्रथम- जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका

(-पुरस्कार प्रायोजकःतीर्थ पाण्डे)

२.             द्वितीय – ऋषभदेव घिमिरे- ललितपुर, नेपाल

(-पुरस्कार प्रायोजकःईश्वरी भट्ट)

३.             तृतीय – आनन्द श्रेष्ठ – न्यू जर्सी,अमेरिका

(-पुरस्कार प्रायोजकः तीर्थराज अधिकारी)

४.  तृतीय -मदन घिमिरे, कास्की, नेपाल

(-पुरस्कार प्रायोजकः सम्झना अर्याल)

४.             तृतीय – सुन्दर शिरिष,सिन्धुपाल्चोक, नेपाल

(-पुरस्कार प्रायोजकः नेत्रवन्धु पोखरेल)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

अन्य समाचार

- Advertisement -spot_img