प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा अचानक गरेको ठूलो आक्रमणमा नेपालीसमेत प्रभावित भएका छन। मिडिया रिपोर्टका अनुसार हमासको आक्रमणबाट केहि नेपालीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
हमासले विभिन्न शहरमा अप्रत्याशितरूपमा रकेट र मिसायल प्रहार गर्दा १४ नेपालीहरू कार्यारत रहेको एउटा कम्पनिमा समेत क्षति पुगेको जनाइएको छ। उक्त आक्रमणमा कार्यारत नेपालीहरू प्रभावित भएको जसमध्ये ११ जना घाइते र २ जनाको अवस्था गम्भिर रहेको नेपालको परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी विज्ञप्तिमा जनाएको छ।
परराष्ट्र मन्त्रालयको शनिबार साँझ जारी विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको थियो। आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ।
इजरायलमा २ सय ५० कृषि विद्यार्थीसहित ४ हजार ५ सय जना नेपाली कार्यरत रहेको बताइन्छ।
‘केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा इजरायल सरकारसँग हामी ऐक्यबद्धता व्यक्त गर्छौं।’
इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय पनि भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया