Thursday, April 23, 2026
83.6 F
Washington DC.

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (FINYE) बेलायत अध्यक्षमा विनोद बरालको चयन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने-FINYE) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको छ।

फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी, गैर राजनीतिक र गैरसरकारी हो र यसको उद्देश्य व्यावसायिकता तथा उद्यमशीलता विकासका लागि नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानका साझा मञ्च प्रदान गर्ने हो।

फिने बेलायतको अध्यक्षमा विनोद बरालको चयन हुनु भएकोमा खुसी व्यक्त गर्दै फिने बेलायतका संस्थापक अध्यक्ष मनीषा डङ्गोल श्रेष्ठले भन्नुभयो, “संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने युकेलाई अझ अगाडि बढाउनका लागि विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ र उहाँको नेतृत्वमा आगामी दिनमा फिने युकेको अझ प्रगति हुनेमा म विश्वस्त छु।”

विनोद बरालले युके अध्यक्षका रूपमा आफ्ना अनुभव र प्रतिबद्धताका मार्फतबाट फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा युके युवा उद्यमी समुदायहरू बिचको सम्बन्धलाई बलियो बनाउनु हुने विश्वास व्यक्त गरिएको छ।
फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तीकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबिच सामाजिक र आर्थिक दुवै क्षेत्रमा खाडल पुर्‍याउने काम आफू लागि पर्ने नवनियुक्त अध्यक्ष विनोद बरालले बताउनु भएको छ। संस्थाका लक्ष्यहरू प्राप्त गर्नको लागि आफूले कडा मेहनत गर्ने पनि बरालले बताउनु भयो।

नेपाल बाहिर अहिलेसम्म फिनेका बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकका च्याप्टरहरू खुलिसकेका छन्।

नवनियुक्त अध्यक्ष विनोद बराल तथा फिने बेलायतका संस्थापक अध्यक्ष मनीषा डङ्गोल श्रेष्ठ दुवैले आफूजस्तै अन्य युवा उद्यमीहरूलाई सशक्तीकरण तथा प्रोत्साहित गर्नका सहकार्य गर्नका लागि फिनेमा आबद्ध हुन सबै युवा उद्यमीहरूलाई आव्हान पनि गर्नु भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img