spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

शिक्षकलाई गोली हान्ने ६ वर्षीय विद्यार्थीकी आमालाई २ वर्षको जेल सजाय

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भर्जिनियाकी २६ वर्षीया आमा डेजा टेलरलाई रिचनेक इलिमेन्टरी स्कूलमा उनको ६ वर्षीय छोराले शिक्षकलाई गोली हानेकोमा उनको भूमिकाको लागि २ वर्षको जेल सजाय सुनाइएको छ।

यो घटना भर्जिनियाको न्युपोर्ट न्यूजमा भएको थियो र शिक्षक एभिगेल ज्वार्नरलाई छातीमा गोली लागेर गम्भीर चोट लागेको थियो। संचार माध्यमका अनुसार ज्वेर्नरको पाँचवटा शल्यक्रिया गरिएको छ र उनी अझै पनि उपचारार्थ भएको बताइएको छ।

शुक्रबार, सर्किट अदालतका न्यायाधीश क्रिस्टोफर प्यापिलले टेलरलाई आफ्ना छोराछोरीको उचित हेरचाह गर्न असफल भएकोमा दुई वर्षको जेल सजाय सुनाएका हुन। “बालबालिकाको सुरक्षा गर्नु, उनीहरूलाई नकारात्मक कुराहरूबाट टाढा राख्नु आमाबाबुको जिम्मेवारी हो, जुन टेलरले पूरा गरिनन,” न्यायाधीशले आफ्नो आदेशमा भनेका छन।

६ वर्षीय बालकसँग सोधपुछ गर्दा आमाले दराजको माथि राखेको बन्दुक लिन आफू दराजमा चढेको उनले बताएका थिए । त्यसपछि स्कुल जाँदा झोलामा बन्दुक राखे र कक्षामा पुगेपछि प्यान्टको खल्तीमा राखे । उनकी आमाले बन्दुकको ट्रिगर लक भएको तर अनुसन्धानका क्रममा यो बयान झुट भएको पाइएको थियो ।

बन्दुक बोक्ने क्रममा गाँजा सेवन गरेको पुष्टि भएपछि टेलरलाई गत नोभेम्बरमा २१ महिनाको जेल सजाय सुनाइएको थियो। यो नयाँ सजायसँगै उनी ४ वर्ष जेलमा बस्नुपर्नेछ । टेलरका वकिल जेम्स एलेनसनले जानकारि दिए अनुसार टेलर गाँजाको लत र घरेलु हिंसाको सिकार थिइन्। उनले सिजोअफेक्टिभ डिसअर्डर र बाइपोलर डिसअर्डर जस्ता स्वास्थ्य समस्या रहेको पनि बताए ।

बच्चालाई अहिले हजुरआमासँग राखिएको छ। गोली प्रहारपछि शिक्षकले विद्यालयविरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img